फुटबलमा इंगल्याण्डको नयाँ कीर्तिमान

खेलकुद

काठमाडौं: युरोपेली फुटबलको इतिहासमा पहिलो पटक एकै सिजनमा चार वटै टिम इंगलिश प्रिमियर लिगबाट मात्रै फाइनलमा पुगेका छन् ।

युइएफए च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल र टोटनह्याम हट्सपर पुग्दा युरोपा लिगको फाइनलमा चेल्सी र आर्सनल पुगेका छन् ।

लिभरपुलले स्पेनिश क्लब बार्सिलोनालाई हराएर तथा टोटनह्यामले डच क्लब आयाक्सलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

त्यसैगरी युरोपा लिगमा चेल्सीले जर्मन क्लब आइनट्राच्ट फ्रयांकफर्ट र आर्सनलले स्पेनिश क्लब भ्यालेन्सियालाई हरायो ।

चेल्सीको खेल
सेमिफाइनलको दोस्रो लेगको खेलमा चेल्सीले फ्रयांकफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल यात्रा तय गर्यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिए पनि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

लोफटस चेकले २८ औं मिनेटमा घरेलु टोली चेल्सीलाई अग्रता दिलाएका थिए । ४९ औ मिनेटमा जोभिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पहिलो लेगको खेल समेत १–१ गोलको बराबरीमा सकिएको थियो । अन्तिममा चेल्सीले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्यो ।
आर्सनलको खेल
आर्सनलले भ्यालेन्सियालाई दोस्रो लेगको खेलमा ४–२ गोल अन्तरले हरायो । आर्सनल समग्रमा ७–३ को नतिजासहित फाइनलमा प्रवेश गरेको हो ।

पियरी एम्रिक अबुमियाङले ह्याट्रिक गरेको खेलमा लाकाजेट्टीले एक गोल गरे । भ्यालेन्सियाका केभिन गेमिरोले दुई गोल गरे पनि टिमलाई जिताउन सकेनन् ।

च्याम्पियन्स लिगको फाइनल जुन १ मा स्पेनको मड्रिडमा हुनेछ भने युरोपा लिगको फाइनल मे ३० तारिखमा हुनेछ ।

Leave a Reply

Your email address will not be published.