प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता:गण्डकी प्रदेश र झापा सेमिफाइनलमा

Breaking News Hot News Trending खेलकुद

इलाम :इलाममा जारी इलाम आमन्त्रित पुरुष नक आउट भलिवल प्रतियोगिता २०७६ मा आज दुई खेलहरु भएका छन् । आजका खेलमा गण्डकी प्रदेश र विमान ट्रेडर्स विर्तामोड विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेका हुन ।
आजको पहिलो खेलमा गण्डकी प्रदेशले चन्द्रगढी भलिवल क्लव झापालाई सोझो सेटमा पराजित गर्यो । गण्डकीले १०।।।२५, १३।।।२५ र १०।।।२५ अंकले पराजित गरेको थियो । खेलको म्यान अफ दी म्याच गण्डकी प्रदेशका हरि पाण्डे भए ।
यस्तै दोस्रो खेलमा विमान टे«डर्स विर्तामोडले त्रिवेणी युवा क्लव पाँचथरलाई पनि सोझो सेटमा पराजित गरेको छ । विर्तामोडले २५।।।१४,२५।।।।१५ र २५।।।१८ अंकले पराजित गरेको हो । खेलको म्यान अफ दी म्याच आकाश घोष घोषित भए । शनिबार सेमिफाइनलका दुइ खेल संचालन हुने आयोजकले जनाएको छ ।
जिल्ला भलिवल संघको आयोजनामा भएको प्रतियोगितामा विजयी टीमलाई नगद एक लाख ५१ ह्जार र दोस्रो हुने टीमलाई ८१ ह्जार नगद सहित ट्रफी प्रदान गरिने छ । सन्दकपुर

Leave a Reply

Your email address will not be published.