गण्डकी प्रदेश र विमान ट्रेडर्स विर्तामोड फाइनलमा

Trending खेलकुद

इलाम : इलाममा जारी प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगितामा तेस्रो दिन पनि दुई खेलहरु भएका छन् । आजका खेलमा गण्डकी प्रदेश र विमान ट्रेड्र्स विर्तामोड विजयी हँुदै फाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले ताप्लेजुड.भलिवल संघलाई एक सेट गुमाउदै पराजित गर्यो । गण्डकीले २५–१६, २५–१६, २०–२५ र २५–१९ अंकले ताप्लेजुङलाई पराजित गरेको थियो । खेलको म्यान अफ दी म्याच गण्डकी प्रदेशका संजु विक्रम शाह हुनुभयो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा विमान ट्रेड्र्स विर्तामोडले नवचेतना भलिवल क्लव बरबोटेलाई एक सेट गुमाउदै पराजित गरेको थियो । विमान ट्रेडर्सले २०–२५, २५–२० २५–२२ र २५–२१, अंकले पराजित गरेको हो । खेलको म्यान अफ दी म्याच विमान ट्रेड्र्सका चन्दन करार घोषित भए । उत्कृष्ट स्ट्राइकर बरबोटेका विशाल ठकूरी हुनुभयो ।
भोलि आइतबार गण्डकी प्रदेश र विमान ट्रेड्र्सबीच फाइनल खेल हुने आयोजक जिल्ला भलिवल संघ इलामका सचिव माधव सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.