प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवलको उपाधि गण्डकीलाई

Special News Trending खेलकुद

इलाम:इलाममा सञ्चालित प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश टिमले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा विमान ट्रेडर्स भलिवल टिम झपालाई ३–इ को सोझो सेटमा पराजित गर्दै गण्डकीले उपाधि चुमेको हो । भारतीय खेलाडीले भरिएको विर्तामोडलाई गण्डकीले २५–१७, २५–१३ र २५–२१ अंकको जित निकाल्दै उपाधि चुमेको हो ।

जितसँगै गण्डकीले नगद १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता झापाले ८१ हजारमा चित्त बुझायो । प्रतियोगितामा म्यान अफ दि टुर्नामेण्ट गण्डकीका हरि पाण्डे घोषित भए । फाइनल खेलका म्यान अफ दि म्याचको पुरस्कार विर्तामोडका राजिव तमोरले जिते ।

जिल्ला भलिवल संघ इलामको आयोजनामा गत २६ वैसाखदेखि सञ्चालित प्रतियोगितामा ८ टिमको सहभागिता थियो । नयाँ बुलन्द

Leave a Reply

Your email address will not be published.