सातखाल्डेको आयाव्यय सार्वजनिक

खेलकुद समाचार

इलाम – गत फागुनमा इलाम नगरपालिका १ सा“खेजुङमा सम्पन्न सातखाल्डे स्मृति गोल्डकपको आयव्यय सार्वजनिक गरिएको छ । नेपाल तरुण दल क्षेत्र नं. ३ इलामद्वारा प्रजातन्त्र दिवसको अवसरमा फागुन १ देखि ७ गते सम्म सञ्चालित प्रतियोगितामा ६ लाख ९६ हजार रुपैया“ खर्च भएको थियो । प्रतियोगिता सञ्चालनकालागि विभिन्न प्रायोजक र दाताहरुमार्फत ७ लाख १० हजार रुपैया“ संकलन भएको आयोजक समितिका अध्यक्ष मोहन गुरुङले जानकारी दिए । सा“खेजुङको नेपालटारमा आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको हिसाव किताव सार्वजनिक गरिएको हो । सो अवसरमा नेपाली का“ग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले प्रतियोगिता सञ्चालनकालागि सहयोग पुर्याउने व्यक्ति र संस्थालाई सम्मानसमेत गरेका थिए । प्रतियोगिता पुरस्कार वापत १ लाख ५७ हजार रुपैया“ खर्च भएको थियो ।

Leave a Reply

Your email address will not be published.