सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा आयोजक बिजयी

Special News Trending खेलकुद समाज

फिक्कल: शनिबारबाट करफोक खेलमैदानमा शु? भएको दोस्रो सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिकाले विजयी शु?वात गरेको छ । सूर्योदय नपाले झापाको अर्जुनधारा नपालाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
यो जितसँगै अबको क्वार्टरफाइनलको खेल सूर्योदय नपाले झापाकै शिवसताक्षी नपासँग १३ गते खेल्नेछ । शिवसताक्षीलाई बाई मार्पmत क्वार्टरफाइनल खेल खेल्नेगरि खेल तालिका सार्वजनिक गरिएको थियो ।
आज शनिबार पहिलो हाफको २५औँ मिनेटमा आयोजक टीमको जर्सी नम्बर १२ का सङ्गम योल्मूले गोलको खाता खोलेका हुन् । पहिलो हाफमा १–० को अग्रतामा रहेको सूर्योदय नपाले दोस्रो हाफमा थप ३ गोल गर्दै ४–० को फराकिलो जित निकालेको हो ।
दोस्रो हाफको ५७औँ मिनेटमा जर्सी नम्बर १७ का पेम्बा योल्मूले गोल गरे । निक्कै उत्कृष्ठ खेल खेलेको आयोजक टिमका ६१औँ मिनेटमा जर्सी नम्बर १० का सञ्जोग खड्काले गोल गरे भने थप समयको अन्तिम मिनेटमा जर्सि नम्बर २ का आशिष राईले गोल गर्दै आयोजक टिमलाई फराकिलो जित दिलाएका हुन् ।

आईतबर इलामको देउमाई नपा र झापाको दमक नपा विच पहिलो खेल तथा इलाम नपा र झापाकै कन्काई नपाबीच दोस्रो खेल हुने आयोजक समितिका सयोंजक पेमा उगेन लामाले जानकारी दिए । प्रदेश सासंद काजीमान कागतेलेखेलको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सनीना, उप प्रमुख दुर्गादेवी भटराई लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.