सूर्योदय मेयर कपको सेमी फाइनलमा कन्काई र देउमाई

Special News खेलकुद प्रमोसन

फिक्कल: इलाम नगरपालिकालाई पराजित गर्दै कन्काई नगरपालिका करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको सेमीफाइनल प्रवेश गरेको छ । अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा इलाम २–० ले पराजित बन्दै क्वाटरफाइनबाटै बाहिरिएको हो । कन्काईको जितमा रमेश खरेल नायक बने । उनले आफनो टिमको लागी दुबै गोल गरे । इलामका गोलरक्षक सौरभ सुवेदीको गल्तीको फाइदा उठाउँदै खेलको तेश्रो मिनेटमा खरेलले अग्रता दिलाएका थिए ।
२४ औ मिनेटमा सोनाम देवानको प्रहार रिवाउन्ड भएर आएपछि खरेलले व्यक्तिगत दोश्रो गोल गरे । खेलमा पछि परेको अवस्थामा इलामले दोश्रो हाफमा दबाब बनाएपनि गोल गर्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरिनुप¥यो । खेलमा दुवै टिमले केही राम्रा अवसरहरु बनाएपनि गोलमा परिणत हुन सकेन । खेल अवधीभर ४ वटा पहेलो कार्ड प्रयोगमा आएकोछ ।
इलामको ३ जना खेलाडीले पहेलो कार्ड खाँदा कन्काईका एक जनाले पाए । त्यसअघि आजको पहिलो खेलमा दमक नगरपालिका निर्धारित समयभन्दा २ घण्टा ढिलो आएपछि देउमाई नगरपालिका वाकओभर पाउँदै सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको सोमबार आयोजक सुर्योदय र शिवसतासी तथा माई नगरपालिकाले साविक बिजेता मेचीनगरको सामना गर्दैछ । सुर्योदय नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा ९ वटा नगरपालिकाको सहभागीता रहेकोछ । बिजेता टिमले नगद २ लाख तथा उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published.