माईजोगमाईको नयाँवजारमा गणतन्त्र दिवसको अवसरमा रोड रन

माईजोगमाईको नयाँवजारमा गणतन्त्र दिवसको अवसरमा  रोड रन

माइजोगमाई: १२ औ गणतन्त्र दिवसको अवसर पारेर माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा ५ किलोमिटर रोड रन सम्पन्न गरिएको छ । माइजोगमाई खेलकुद विकास समितीको आयोजनामा नयाँबजारबाट लप्सीबोटे गोलाई हुँदै पुन : नयाँबजारमा पुगेर सम्पन्न भएको रनमा पुरुष तर्फ ६० र महिला तर्फ ४० जनाको सहभागीता रहेको थियो ।

पुरुष तर्फ २२ मिनेट २६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रज्वल दियाली प्रथम भए । त्यसैगरी ३० मिनेट १३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै महिला तर्फ एलिना प्रधान बिजयी बनेको निर्णायक रोहित भट्टराईले जानकारी दिए । रोड रनको उद्धघाटन गाउँपालिका अध्यक्ष जितबहादुर राईले गरेका थिए ।