देउमाई नगरपालिका सूर्योदय मेयर कपको फाइनलमा

Special News Trending खेलकुद बिजनेस

नमीन ढकाल, फिक्कल: करफोकमा जारी दोश्रो मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा देउमाई नगरपालिका प्रवेश गरेको छ । देउमाई नगरपालिकाले शिवसतासी नगरपालिकालाई ४–२ गोल अन्तरले पराजित गरेको हो । देउमाईको लागी अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका कर्णले २ गोल गरेपछि शिवसतासी सेमीफाइनलबाटै बाहिरियो । खेलमा उपहार गोलबाट देउमाईले अग्रता बनाएको थियो । १० औ मिनेटमा डिवक्सभित्रको बल क्लियर गर्ने क्रममा सञ्जित राईले आफनै पोष्टमा गोल गरे । ३२ औ मिनटेमा भुवन बस्नेतले खेल बराबरीमा ल्याए । ५७ औ मिनेटमा विकेश लिम्बुले देव्रे बार च्याप्दै देउमाईलाई अग्रता दिलाए । ६४ औ मिनटेमा डिवक्स बाहिर पाएको फ्रिकिकलाई जाली चुमाउदै सुशिल राईले खेल बराबरीमा ल्याए । खेल सकिन १० मिनेट बाकी रहँदा मैदान छिरेको कर्ण लिम्बले लगातार गोल गरेपछि देउमाईले कम्तीमा १ लाख रुपैया सुरक्षित गरेको हो । ७५ औ मिनटेमा डि एरिया नजिकै कर्णलाई फाउल गरेपछि लक्ष्मण वेघा रातो कार्ड पाउँदै मैदान बाहिरिए । ७७ औ मिनेटमा डिवक्सभित्र पाएको अवसरलाई कर्णले बिना गल्ती गोलमा परिणत गरे । शिवसतासीले इन्जरी समयमा चौथो गोल व्यर्होयो । कर्ण फितलो प्रहार साइड बारमा लागेर गोल भयो ।

Leave a Reply

Your email address will not be published.