कन्काईलाई हराउँदै सूर्योदय मेयर कपको फाइनलमा मेचीनगर

Special News Trending खेलकुद प्रमोसन

नमीन ढका, फिक्कल : कन्काई नगरपालिकालाई फराकिलो अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको फाइनल प्रवेश गरेकोछ । मेचीनगरले कन्काईलाई ७–० फराकिलो गोल अन्तरले हरायो । मेचीनगरको जितमा खमिर गिल्सन कन्दङवाले ह्रयाट्रिक गरे । उनले खेलको ८ औ, पहिलो हाफको इन्जुरी र ४६ औ मिनेटमा गोल गर्दै ह्रयाट्रिक पुरा गरेका हुन । त्यसैगरी एन्जल गुरुङ, पुजन उपरकोटी, अशोक खवास र पुजन राईले एक÷एक गोल गरे । खेल अवधीभर मेचीनगरले बल नियन्त्रणमा राखेको थियो । हिलाम्मे खेल मैदानमा गोल गर्ने केही राम्रा अवसरहरु मेचीनगरले गुमाएको थियो । कन्काईको कमजोर प्रर्दशन भएपछि मेचीनगरका गोलरक्षक दिनेश थापा मगर निक्कै फुसदिलो देखिन्थे । जितसंगै मेचीनगरले कम्तीमा १ लाख रुपैया सुरक्षित गरेको छ । मेचीनगरले माई नगरपालिकालाई ३–० ले हराउँदै सेमीफाइनल पुगेको थियो भने कन्काईले इलाम नगरपालिकालाई २–० ले हराएको थियो । उपाधीको लागी मेचीनगरले आगामी जेठ १८ गते देउमाई नगरपालिकाको सामना गर्नेछ । देउमाई पहिलो सेमीफाइनलमा शिवसतासीलाई ४–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेकोछ । प्रतियोगिताको बिजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैया प्राप्त गर्नेछ । गत संस्करणमा मेचीनगरले आयोजकलाई हराउदै उपाधी जितेको थियो ।

Leave a Reply

Your email address will not be published.