मेचीनगरको पोल्टामा सूर्योदय मेयर कपको उपाधी

Special News Trending खेलकुद प्रमोसन

फिक्कल: देउमाई नगरपालिकालाई हराउँदै करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको उपाधी मेचीनगर नगरपालिकाले जितेको छ । फाइनल खेलमा मेचीनगरले देउमाइलाई ३–२ गोल अन्तरले पाखा लगाएको हो । यस बर्षको उपाधीसंगै मेचीनगरले दुवै संस्करणको उपाधी आफनो पक्षमा पार्न सफल भएको छ । गत बर्षको पहिलो संस्करणमा आयोजकलाई हराउँदै मेचीनगरले उपाधी जितेको थियो । अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता देउमाईले लिएको थियो ।
गोलरक्षक मनोज श्रेष्ठले डिवक्स बाहिर बल समातेपछि पाएको फ्रिकिकमा खेलको २६ औ मिनटेमा कर्ण लिम्बुले अग्रता दिलाएका थिए ।
पहिलो हाफ १–० मा सकिएको खेलको दोश्रो हाफमा ४ गोल भएको थियो । ४३ औ मिनेटमा मेचीनगरका निरज बस्नेतले फ्रिकिक मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । ६६ औ मिनेटमा देउमाईका डिफेन्डर विकास राईको गल्तीको फाइदा उठाउँदै निशान लिम्बुले वान भर्सेस वानको अवस्थामा मेचीनगरलाई अग्रता दिलाए । ३५ औ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका पुजन राईले तेश्रो गोल गरे ।
३८ औ मिनेटमा कर्ण लिम्बुल व्यक्तिगत दोश्रो गोल गरेपनि उपाधी दिलाउन सकेनन् । प्रतियोगिता जितेसंगै डिफेन्डिङ च्याम्पियन मेचीनगरले २ लाख रुपैया र उपविजेता देउमाईले १ लाख रुपैया प्राप्त ग¥यो । प्रतियोगितामा ४ गोल गरेका कर्ण लिम्बु र खमिर गिल्सन कन्दङवाले संयुक्त रुपमा नगद ८ हजार प्राप्त गरे । त्यसैगरी सर्वोत्कृष्ट गोलरक्षक आयोजकका विशाल थामी र सर्वोत्कृष्ट खेलाडी देउमाईका कप्तान रोहित राई घोषित भए । उनीहरुले जनही ८÷८ हजार प्राप्त गरे ।
विजेता तथा उपविजेता टिमलाई प्रदेश नं एकका साँसद धिरेन्द्र शर्मा र काजीमान कागतेले संयुक्त रुपमा ट्रफी प्रदान गरे । सुर्योदय नगरपालिकाको आयोजनामा गत जेठ ११ गतेबाट संचालित प्रतियोगितामा इलाम र झापाका ९ वटा नगरपालिकाको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.