आज विश्व वातावरण दिवस मनाइयो

आज विश्व वातावरण दिवस मनाइयो

टीका खतिवडा, इलाम : आज विश्व वातावरण दिवश इलाम लगायत देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने मुल नाराका साथ विश्व वातावरण यो दिवस बुधबार बिभिन्न कार्यक्रम गरि मनाइएको हो । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गरेका छन् ।


इलाम नगरपालिकाले चेतनामुलक ¥याली सहितको कार्यक्रम गरेको छ । त्यस्तै देउमाई नगरपालिकामा वातावरण संरक्षण समाजले पनि ¥याली सहित वातावरण सम्नन्धी प्रतिवेदन प्रस्तुत गरेको छ । त्यस्तै अन्य स्थानिय तह र वातावरणका क्षेत्रमा काम गर्ने संघसंस्थाले यो दिवश मनाएका छन् ।


इलाम नगरपालिकाले इलाम वजारबाट निकालेको ¥यालीले वजार परिक्रमा गरेर पशुहाट नजिकको फोहोरबाट प्रांगारिक मल बनाउने स्थानमा गएर औपचारिक कार्यक्रम गरेको थियो । कार्यक्रममा बोल्दै इलाम नगरपलिकाका मेयर महेश वस्नेत लगायत अन्य बक्ताहरुले आज नै वातावरण जोगाउन नलागे पछिसम्म असर गर्ने धारणा राखेका थिए ।
संयुक्त राष्ट्रसंघद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सन १९७३ देखि बर्षेनी जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।