प्रदेशस्तरीय उस्सु प्रतियोगितामा नौ स्वर्णसहित मोरङ प्रथम

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद

इलाम, जेठ : इलाममा सम्पन्न प्रदेश नम्बर १ स्तरीय उस्सु प्रतियोगितामा नौवटा स्वर्ण पदक जित्दै मोरङ जिल्ला प्रथम भएको छ । प्रतियोगितामा उदयपुरले द्वितीय स्थान हासिल गरेको छ । त्यस्तै झापा तृतीय घोषित भएको छ । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको आयोजना, प्रदेश खेलकुद विकास समितिको मूल ब्यवस्थापन र इलाम जिल्ला खेलकुद विकास समितिको स्थानीय ब्यवस्थापनमा सम्पन्न प्रतियोगिता इलाम सदरमुकाममा सञ्चालन भएको हो ।


प्रतियोगितामा उस्सु खेलका सान्सो विधाअन्तर्गत महिला र पुरुषका छुट्टाछुट्टै १३ वटा तौलसमूहमा प्रतिष्पर्धा भएको थियो भने थौलु विधाअन्तर्गत पनि महिला र पुरुषका छुट्टाछुट्टै पाँचवटा उपविधाअन्तर्गतका नौ खेलहरुमा प्रतिष्पर्धा भएको थियो । थौलुका खेलहरुमध्ये मोरङका उज्ज्वल राई र एलिजा मारिकले दुई÷दुई स्वर्ण जितेका छन् ।
उज्ज्वलले पुरुषतर्पmको नान्छुहाङ र नान्कुन उपविधामा प्रथम स्थान हासिल गरेका हुन् भने एलिजाले महिलातर्पmको नान्छुहाङ र नान्कुनमा प्रथम स्थान हासिल गरेकी हुन् । पुरुषतर्पmका ती दुवै उपविधामा दोस्रो र तेस्रो पनि एकै ब्यक्ति भएका छन् । दुवै उपविधामा झापाका सुजन श्रेष्ठ दोस्रो भएका हुन् भने सुनसरीका रोहित लिम्बू तेस्रो भएका हुन् ।
महिलातर्पmको नान्छुहाङमा संखुवासभाकी सम्झना राई दोस्रो र झापाकी रिहा श्रेष्ठ तेस्रो भइन् भने नान्कुनमा संखुवासभाकी पवित्रा राई दोस्रो र झापाकै रिहा तेस्रो भइन् । महिलातर्पm छान्छुहाङ उपविधामा मोरङकी कृतिका राई प्रथम, झापाकी आशंसा श्रेष्ठ दोस्रो र तेह«थुमकी सेलेज पोदार तृतीय भए । पुरुष छान्छुहाङमा सुनसरीका नुक्साङ लिम्बु प्रथम, झापाका रञ्जित चाम्लिङ दोस्रो र संखुवासभाका डिमातासी तेस्रो भए ।
पाउसु उपविधामा मोरङका बाबा मारिक प्रथम र झापाका रञ्जित चाम्लिङ दोस्रो भए । थाईचीछ्वान उपविधामा पुरुषतर्पm झापाका सिद्धार्थ प्रधान प्रथम, मोरङका चिरञ्जिवी राई दोस्रो र विकास राई तेस्रो भएभने महिलातर्पm मोरङकी इञ्जल पोदार प्रथम, झापाकी इशा ढकाल दोस्रो र उदयपुरकी सम्झना बिक तेस्रो भए ।
सान्सो विधाअन्तर्गत भएका खेलहरुमध्ये पुरुषतर्पm ४२ किलो तौल समूहको खेलमा उदयपुरका एकबहादुर विक प्रथम, भोजपुरका प्रशान्त मगर दोस्रो तथा तेह«थुमका सुमन तामाङ र मोरङका अर्पण घिमिरे तृतीय भए । पुरुषतर्पmकै ३८ किलो तौल समूहमा संखुवासभाका फुरकामी शेर्पा प्रथम, झापाका सन्दिप दनुवार दोस्रो तथा धनकुटाका कुशल लङ्वा र इलामका प्रविण राई तेस्रो भए ।
पुरुषकै ३५ किलो तौल समूहमा उदयपुरका मानव बुढाथोकी, झापाका साहिल तामाङ र मोरङका आयुव खनाल तथा भोजपुरका देवन राई क्रमशः प्रथम, द्वितीय र तृतीय भए । ६० किलो तौल अन्तर्गतको खेलमा इलामका सौगात राई प्रथम, मोरङका दिपक पासवान दोस्रो, झापाका सेवन राई र भोजपुरका सत्यहाङ राई तेस्रो भएको जिल्ला खेलकुद समिति इलामका अध्यक्ष बृहषपती उपरकोटीले जानकारी दिनुभयो ।
पुरुषकै ५६ किलो तौल समूहमा मोरङका राहुल मारिक प्रथम, संखुवासभाका बलिराज राई दोस्रो र झापाका रोशन गुरुङ तथा उदयपुरका विजय राई तेस्रो घोषित भए । पुरुषको ५२ किलो समूहको खेलमा झापाका सागर खत्री प्रथम, धनकुटाका निरज राई दोस्रो तथा सुनसरीका स्कर राई र मोरङका सागर यादव तेस्रो भए भने ४८ किलो समूहमा मोरङका पूर्ण राई प्रथम, भोजपुरका श्याम राई दोस्रो तथा तेह«थुमका अभिषेक दास र मोरङका दिवस थेवे लिम्बू तेस्रो भए । पुरुष ४४ किलो समूहमा भोजपुरका हेमली हेमन राई प्रथम, झापाका मानबहादुर पाण्डे दोस्रो तथा संखुवासभाका लाक्पा शेर्पा र इलामका योगेश गुरुङ तेस्रो भए ।
यता महिलातर्पmको ५५ किलो तौल समूहमा तेह«थुमकी प्रेरणा ठाकुर प्रथम, इलामकी निशा गुरुङ द्वितीय र उदयपुरकी एलिसा राना मगर तथा झापाकी रोशनी लिम्बू तृतीय भए भने ५२ किलो तौल समूहमा संखुवासभाकी धनकुमारी राई प्रथम, मोरङकी सोनिया क्षेत्री दोस्रो र इलामकी बबिता गुरुङ तथा सौजन्या प्रधान तेस्रो भए । ४८ किलो समूहमा उदयपुरकी अस्मिता राई प्रथम, इलामकी सबिना मुखिया दोस्रो र मोरङकी गीता चौधरी तथा संखुवासभाकी आङ्किला शेर्पा तेस्रो भए ।
महिलाकै ४४ किलो समूहमा भोजपुरकी सुस्मिता राई प्रथम, झापाकी प्रतिमा राई दोस्रो तथा सुनसरीकी दिलुशा शाही र धनकुटाकी अञ्जु राई तेस्रो भए भने ४० किलो तौल समूहमा इलामकी कृति थेवे प्रथम, सुनसरीकी सुमिना शाही दोस्रो तथा भोजपुरकी समिता राई र मोरङकी कुशुम शाह तृतीय भए । जेठ २७ देखि सञ्चालन भएको प्रतियोगिता २९ गते साँझमात्र सम्पन्न भएको थियो ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद रूपमा प्रथम पुरस्कार तीन हजार, दोस्रो पुरस्कार दुई हजार र तेस्रो पुरस्कार एक हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रथम, दोस्रो र तेस्रो हुने जिल्लाहरूलाई कप प्रदान गरिएको थियो ।
प्रतियोगितामा सान्सो विधाअन्तर्गत अन्तर्राष्ट्रिय निर्णायकहरु नयन श्रेष्ठ र बिनोद माडिक, राष्ट्रिय निर्णायकहरु खेमराज थापा, भीम पौडेल, उमाकुमारी राई, शर्मिला राई, राजेन्द्र राई र ठाकुर मगर तथा प्रदेश निर्णायकहरु डम्बर यादव र घनश्याम गुरुङले निर्णायकको भूमिका निर्बाह गर्नु भएको थियो । त्यस्तै थौलु विधामा राष्ट्रिय निर्णायकहरु रविन श्रेष्ठ र दिपेन चाम्लिङ तथा प्रदेश निर्णयकहरु बिमल प्रधान, अशोक बुढामगर र अम्बर पुलामी मगरले निर्णायकको भूमिका निर्बाह गर्नु भएको थियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी तथा अन्य अतिथिहरुले पुरस्कार वितरण गर्नु भएको थियो । सो क्रममा अध्यक्ष नगरकोटीले २०७५ साल खेलकुदका लागि स्वर्ण वर्ष भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले तीन करोड रुपैयाँभन्दा बढी बजेटका खेलकुदका कार्यक्रम यो वर्षमा सम्पन्न गरेको भन्दै नेपालमै पहिलो पटक उसुको विभिन्न विधामा प्रदेशस्तरीय प्रतियोगिता गराउन सफल भएको बताउनुभयो ।–––
तस्विरहरु समेत सम्लग्न छन् ।

Leave a Reply

Your email address will not be published.