गोबिन्द पौडेल, इलाम:
रोङ गाउपालिका वडा नं ६ मा बाल प्रतिभाको प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ । रोङ गाउपालिका वडा नं ६ को आयोजनामा भएको सो कार्यक्रममा वडा नं ६ का ३ वटा आधारभुत र ३ वटा माध्यामिक बिद्यालयहरुको वालबालिकाहरुको लागि प्रतियोगितात्मक बिभिन्न कार्यक्रमहरु संचालन गरिएको थियो । गत २९ र ३० गते भएको बिबिध कार्यक्रमअनुसार वडा नं ६ को जिर्मले आधारभुत बिद्यालयमा कक्षा १ देखी ५ सम्मका वालबालिकाहरुको लागि चित्रकला प्रतिया्गिता , हाजिरी जवाफ , माध्यामिक तहको हाजिरी जवाफ प्रतियोगिता संचालन भएको थियो । जसमा प्रा बि हाजिरी जवाफमा मोतिराम मा. बि प्रथम, लामीटार आ. बि दोश्रो र सरस्वती मा. बि तृतिय भएको थियो । मा बि हाजिरी जवाफमा कुवापानी मा. कि प्रथम सरस्वती मा. बि द्धितिय र मोतिराम मा. बि तृतिय भएका थिए । चित्रकलामा जिर्मले आ.बि प्रथम कुवापानी मा.बि द्धितिय र मोतिराम मा.बि तृतिय र्भको सरस्वती मा. बि का शिक्षक सोमनाथ भण्ठारीले बताए । यसैगरि हिजो ३० गतेरोङ कै पुरानो माध्यामिक बिद्यालय मोतिराम मा. बि मा खेलकुद कार्यक्रम भएको थियो । खेलकुमा अन्तर मा. बि फुटबल र भलिबल प्रतियोगिता भएको थियो । जसमा फुटबलमा कुवापानी मो बि प्रथम भएको थियो भने सरस्वती मा. बि दोश्रो र भलिबल प्रतियोगितामा कुवापानी मा बि प्रथम र मोतिराम मा.बि दोश्रो भएको थियो । बिजयी सबैलाइ वडा नं ६ का वडासदस्य केशर प्रधानले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो । रोङ गाउपालिका वडा नं ६ ले चालु बर्षमा वाल प्रतिभा प्रस्तुतीको लागि रु ५० हजार रकम बिनियोजन गरेर जिर्मले आ बि र वडाको लिडर बिद्यालयलाइ सो कार्यक्रम गर्न जिम्बेवारी दिएकोमा मोतिरामले सहभागि खेलाडीहरुलाइ चिया सम्म नखुवाएको सहभागि खेलाडीहरुले गुनासो गरेका छन ।
यसैगरि भोली ३२ गते र आसार १ गते रोङ गाउपालिकाको शान्ति निकेतन मा. बि मा स्तानिय तह स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता र बाल प्रतिभा प्रस्तुतीका कार्यक्रमहरु हुने भएका छ । जेठ ३२ गते अन्तर बिद्यालय दौड, भलिबल , एथलेटिक्स लगायतको कार्यक्रम हुने र असार १ गते बालप्रतिभा प्रस्तुती र समापन गरिने भएको छ ।