जिल्ला स्तरीय फूटबल लिग सुरु

Special News Trending खेलकुद प्रमोसन


इलाम : जिल्ला फूटबल संघ इलामको आयोजनामा सोमबारबाट इलामको ठूलो टुडिखेलमा जिल्ला स्तरीय फूटबल लिग सुरु भएको छ । अखिल नेपाल फूटबल संघ (एन्फा)को बार्षिक कार्यक्रम अनुसार इलाम सहित देशका ४८ जिल्लामा यो लिग सुरु भएको हो । इलाम जिल्ला स्तर लिगमा फूटबल संघमा आबद्ध जिल्लाका १३ वटा फूटबल क्लबले सहभागिता जनाएका छन् । जिल्ला लिगबाट उत्कृष्ट हुने क्लबले १ नम्बर प्रदेश स्तरीय लिगमा सहभागिता जनाउने एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले बताउनुभयो । आउँदो १५ गतेसम्म प्रदेश नम्बर १ का जिल्लाबाट लिग सक्नुपर्नेछ । बिराटनगरमा हुन लागेको सर्बाधिक धनराशि पुरस्कारको मुख्यमन्त्रि कपलाई मध्यनजर गरेर पनि जिल्ला–जिल्लामा लिग सञ्चालन गरीरहेको खड्गीको भनाई छ । मुख्यमन्त्रि कपमा ए डिभिजनका फूटबल क्लब सहित सातवटै प्रदेशबाट एक÷एक टिम र बिदेशि ४÷५ वटा टिमले सहभागिता जनाउनेछ । यता सोमबारबाट सुरु भएको जिल्ला स्तरीय लिगको उद्घाटन जिल्ला फूटबल संघका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको थियो । आउँदो असार ९ गते लिगको फाईनल खेल हुनेछ । जस अनुरुप लिगको उद्घाटन खेल ओएसिस फूटबल क्लब इलाम र देउरालि स्पोटिङ क्लबबीच भएको थियो भने दोस्रो खेल माईभ्याली फूटबल क्लब र हेलिबोथ बिब्ल्याँटेबीच भएको थियो ।

Leave a Reply

Your email address will not be published.