साइक्लिङः बलियो मुटु र रोग प्रतिरोधात्मक क्षमताको लागि

खेलकुद स्वास्थ्य/शिक्षा


अहिले  धेरैको टाउको दुखाइको विषय बनेको छ मोटोपन । मोटोपनसँगै मान्छे अनेक रोगको जोखिममा छन् । मधुमेह, उच्च रक्तचाप आदि । मोटोपन कसरी घटाउने ? गजबको काइदा हो साइक्लिङ ।

साइक्लिङ यस्तो विधी हो जसले समुचित रुपमा शरीरको व्यायाम हुन्छ । यसको प्रभावकारीता चाहिँ मोटोपन घटाउनमा अरु बढी हुन्छ । साइक्लिङ एक मनोरञ्जन पनि हो । यसले तपाईंलाई बेग्लै रोमाञ्चकता अनुभूत गराउँछ ।

त्यसो त कार्यालय वा कार्यथलो र घर आउजाउ गर्नका लागि पनि तपाईंले साइकल प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईंलाई स्वस्थ र तन्दुरुस्त त राख्छ नै पर्यावरणमा पनि फाइदा पुर्‍याउँछ ।

रोगप्रतिरोधक क्षमता बलियो

नियमित रुपले साइक्लिङ गर्नाले इम्यून सिस्टम मजबुत हुन्छ । युनिभर्सिटी अफ क्यारोलाइनामा गरिएको एउटा अनुसन्धानपछि के पाइएको छ भने जसले कम्तिमा पाँच दिन आधा घण्टा साइकल चलाउँछ, उनीहरु बिरामी पर्ने सम्भावनामा ५० प्रतिशतसम्म कमी आउँछ ।

मुटु हुनेछ स्वस्थ

साइकल चलाउने बेलामा मुटुको धड्कन बढ्छ । जसबाट शरीरमा रक्त सञ्चार सही रुपमा हुन थाल्छ । यसबाट हृदयाघात जस्तो समस्या हुँदैन । यसबाहेक मुटुसँग सम्बन्धित अन्य रोगहरु लाग्ने सम्भावना पनि निकै कम हुन्छ ।

तनावमा मिल्छ राहत

विभिन्न अध्ययनहरुबाट के कुरा पत्ता लागेको छ भने नियमित रुपले साइकल चलाउनाले तनाव तथा डिप्रेसनको शिकार हुने सम्भावना निकै कम हुन्छ ।

स्टामिना बढ्नेछ

साइक्लिङ गर्नाले रगतका कोषिका तथा छालामा अक्सिजनको आपूर्ति पर्याप्त हुन्छ । यसले तपाईंको छालामा चमक पनि ल्याउँछ । तपाईं आफ्नै उमेरका अन्य व्यक्तिको तुलनामा निकै जवान देखिनु हुनेछ । केवल जवानमात्र देखिनु हुने छैन, तपाईंको शरीर वास्तवमै अझ जवान हुनेछ । तपाईंले स्वयं नै आफ्नो शरीरको स्टामिना बढेको अनुभव गर्न थाल्नु हुनेछ र शरीरमा नयाँ ऊर्जा आएको अनुभव गर्नु हुनेछ ।

मांसपेशीहरु मजबुत हुनेछन्

जो व्यक्ति साइक्लिङमा अभ्यस्त छन्, उनीहरुको मांसपेशीहरु निकै मजबुत हुन्छन् । खासगरी उनीहरुको खुट्टा निकै मजबुत हुन्छ । वास्तवमा साइक्लिङले खुट्टाहरुको निकै राम्रो व्यायाम हुन्छ । त्यसो त साइक्लिङले पूरै शरीलाई नै राम्रो ब्यायाम भैरहेको हुन्छ ।

सन्तुलन कायम गर्न सहयोगी

साइक्लिङको अर्को एउटा ठूलो फाइदा के छ भने यसले शरीरका सबै अंगहरुबीच राम्रो समन्वय स्थापित गराइदिन्छ । खासगरी हात, खुट्टा, आँखाबीच राम्रो समन्वय हुनाले सम्पूर्ण शरीरको सन्तुलनलाई नै राम्रो बनाउँछ । यतिमात्र होइन, साइकल चलाउन जानेकाहरुंले बाइक वा स्कुटर चलाउन पनि छट्टै सिक्छन् ।

तीव्र गतिमा घट्नेछ शरीरको तौल

साइक्लिङको सबैभन्दा ठूलो फाइदा भनेको तपाईंको शरीरबाट तीव्र गतिमा तौल घट्न थाल्छ । नियमितरुपले साइकल चलाउनाले तपाईंले केही दिनमै आफ्नो बढिरहेको तौलबाट छुटकारा पाउन सक्नु हुनेछ । शरीरमा रहेको अतिरिक्त बोसोलाई घटाउनका लागि साइक्लिङ सबैभन्दा उत्कृष्ट व्यायामहरुमध्येको एक हो । बेलायती अनुसन्धानकर्ताहरुका अनुसार यदि तपाईं दैनिक आधा घण्टा साइकल चलाउने गर्नु हुन्छ भने तपाईंको शरीरले कहिलेप नि अतिरिक्त वजन बढ्नै दिँदैन ।

साइक्लिङका यति धेरै फाइदाहरु भएपछि तपाईं(हामी पनि आजैदेखि साइक्लिङ गर्न थाल्ने कि ?अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published.