मानेभञ्ज्याङ गोल्डकप स् माईभ्यालीले घरेलु टोलीलाई हरायो

खेलकुद

इलाम: नेपाल–भारत सिमानाको मानेभञ्ज्याङमा जारी पाँचौ मानेभञ्ज्याङ गोल्डकपमा माईभ्याली फुटबल क्लबले बिजयी सुरुवात गरेकोछ । माईभ्यालीले घरेलु टोली मानेभञ्ज्याङ फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गरको हो । बिशाल बस्नेतको कप्तानीमा उत्रिएको माईभ्यालीका लागी पासाङ शेर्पाले खेलको २१ औ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । पुन ३ मिनेट नवित्दै पासाङले व्यक्तिगत दोश्रो गोल गर्दा माईभ्यालीले पहिलो हाफमा २–० गोल अन्तरको अग्रता बनायो ।
५४ औ मिनेटमा कप्तान बस्नेतले गोल गरेपछि माईभ्यालीको जित निश्चित भएको हो । खेलमा माईभ्यालीका रोहित राई र हरी सिटौलाले पहेलो कार्ड प्राप्त गरे । मानेभञ्ज्याङका गोलरक्षक लोप्साङ शेर्पाले समेत पहेलो कार्ड पाए । दुई देशको सिमानामा रहेको मानेभञ्ज्याङमा हरेक बर्ष दशै अघिबाट प्रतियोगिता आयोजना हुँदै आएको छ । मानेभञ्ज्याङ फुटबल क्लबको आयोजना भएको यस प्रतियोगिताले दुई देशको खेल सम्वन्धलाई समेत सुदृढ गर्ने विश्वास आयोजक समितीले लिएको छ ।

Leave a Reply

Your email address will not be published.