ब्याडमिन्टन प्रतियोगिता सुरु


इलाम असोज : इलाममा आजबाट मेन्स डबल खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । खेल पर्यटनको विकास गर्ने उदेश्यले प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता प्रदेश सभा संसद राम राना र जिल्ला सम्वय समितिका सभापति गणेश बरालविच साथै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र इलामका प्रमुख जिल्ला अधिकारी सितारामकार्की बिच भएको मैत्रीपुर्ण खेल खेल्दै उद्घाटन गरिएको छ । मदन भण्डारी स्पोट एकाडेमी इलामले आयोजना गरेको प्रतियोगितात्मक खेलमा सुनिल चेम्जाङ र केवल श्रेष्ठको जोडीले प्रबिन गुरुङ र अशेष लम्साललाई हराएको छ । दोस्रो खेलमा देवेन्द्र मुखिया र सूलोचना भक्तराजको जोडीले शम्भु बिष्ठ र दिपेश लामाको जोडीलाई हराएको आयोजक एकाडेमीका प्रचारप्रसार बिभाग प्रमुख खेमसागर खनालले जानकारी दिए । प्रतियोगिताको तेस्रो खेलमा नवराज दाहाल र विरबहादुर गुरुङको जोडी बिजयी भयो । सो जोडीले गोपाल सुवेदी र नयन राईको जोडीलाई पछि पारेको हो । चोथो खेलमा मोहन रेग्मी र गौतम राईको जोडीले श्याम थापा र सिंहराज लिम्बूको जोडीलाई पछि पारेको छ । प्रतियोगितामा २२ टिमको सहभागीता रहेको छ । खेलमा इलाम, झापा पाँचथर सम्मका भेट्रान खेलाडीहरुको सहभागिता रहेको जनाइएको छ । ११ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टीमले २२ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै दितिय हुने जोडीले नगद ११ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । खेलका सवै सहभागी खेलाडीलाई प्रमाणपत्रको व्यवस्था गरिएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षा एकेडेमीका अध्यक्ष मिलन खत्री र स्वागत मन्तव्य विप्लव थापाले गरेको प्रचार विभाग प्रमुख खनालले वताए ।