पत्रकार ढकाललाई महेश कार्की स्मृती माईभ्याली पत्रकारिता पुरस्कार प्रदान

पत्रकार ढकाललाई महेश कार्की स्मृती माईभ्याली पत्रकारिता पुरस्कार प्रदान

इलाम: इलामका युवा पत्रकार नमीन ढकाललाई यस बर्षको महेश कार्की स्मृती माईभ्याली खेल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पत्रकारिताको क्षेत्रबाट इलामको फुटबल खेललाई प्रर्वद्धन गर्न महत्वपुर्ण भूमीका खेलेको भन्दै माईभ्याली फुटबल क्लबले नगद १५ हजार सहित सम्मान गरेको हो । ढकाललाई क्लबको चौथो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

जिल्ला समन्वय समितीको सभाहलमा भएको कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले नगद १५ हजार सहित सम्मानपत्र प्रदान गरे ।माइला ब्रो कन्स्ट्रक्सनका प्रोपाइटर निरोज चौहानले पुरस्कार बापतको नगद रकम उपलव्ध गराएका हुन । ढकाल थाहा खबर, स्थानिय सन्देश साप्ताहिक, लोकल सन्देश डटकम, सुर्योदय टेलिभिजन लगायतका विभिन्न संचारमाध्यममा कार्यरत रहेका छन । उनी नेपाल पत्रकार महासंघ इलाम शाखाका जिल्ला कार्य समितिका सदस्य समेत हुँन । क्लबका सदस्य महेश कार्कीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको स्मृतीमा २०७३ सालबाट इलाम जिल्लामा रहेर खेलकुद पत्रकारितामा योगदान गर्ने एक जना पत्रकारलाई प्रदान गरिँदै आएको छ । यस अघि पत्रकारहरु विप्लब भट्टराई र भिम चापागाई खेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका छन ।

माईभ्याली फुटबल क्लबले हरेक बर्ष आयोजना गर्ने माईभ्याली गोल्डकपको अवसर प्रदान गरिदै आएको पुरस्कार पहिलो पटक अधिवेशनका क्रममा प्रदान गरिएको हो । आज नै क्लबको नयाँ कार्य समिती समेत चयन गरिने छ ।क्लबका अध्यक्ष धिरेन चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले अनुशासन र स्वास्थ्य जनशक्ती उत्पादनमा खेलकुद क्षेत्रले महत्वपुर्ण भुमीका खेल्ने बताए । उनले खेल क्षेत्रबाटै जिवननिर्वाह र मुलुकको विकासका निम्ती योगदान दिन सक्ने बनाउनका लागी ३ तहका सरकारले साधन स्रोत व्यवस्थापन गर्नु पर्ने बताए । त्यसैगरी कार्यक्रममा अतिथी अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य निरोज खड्गीले मोफसलको गोल्डकप नियमनका लागी बनाइने कार्यविधीमा केही परिमार्जनका साथै व्यस्थापनमा एन्फाले काम अगाडी बढाइरहेको बताए ।
उनले प्रतियोगिताको स्तरियताका आधारमा वर्गिकरणको प्रक्रिया अगाडी बढ्ने बताए । त्यसैगरी इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठले वडा स्तरिय हुँदै स्थानिय तह स्तरिय प्रतियोगिताको लागी इलाम नगरपालिकाले तयारी गरिरहेको बताए । उनले विभिन्न प्रतियोगिता हुँदै इलाम जिल्लाबाट योग्य खेलाडी छनौट गर्न नगरपालिका तयार रहेको बताए ।
कार्यक्रममा स्वागत गर्दै क्लबका अध्यक्ष चेम्जोङले देशभरका गोल्डकपलाई नियमनका लागी भौगोलिक बनावट र जनसंख्यालाई समेत आधार बनाउन आग्रह गरे । उनले तराईका प्रतियोगिता र हिमाल पहाडका प्रतियोगितालाई फरक फरक ढंगबाट वर्गीकरण हुनुपर्ने बताए । संस्थाका सचिव दिनेश काफलेले क्लबको संस्थागत प्रगती प्रतिवेदन र सदस्य राजेश पराजुली ७६ लाख ३७ हजार १६९ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा इलाम नगरपालिकाका जनप्रतिनिधी, क्लबका सल्लाहकार, सुरक्षा निकायका प्रतिनिधी लगायको सहभागीता रहेको थियो ।