माईभ्यालीको अध्यक्षमा पुन : चेम्जोङ

खेलकुद


इलाम : माईभ्याली फुटबल क्लबको अध्यक्षमा पुनः धिरेन चेम्जोङ निर्वाचित भएका छन् । जिल्ला समन्वय समितीको सभाहलमा भएको दोश्रो अधिवेशनबाट चेम्जोङको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा दिनेश काफ्ले, महासचिव विनोद श्रेष्ठ, कोषाध्यक्षमा कमल सुवेदी र सचिवमा राजेश पराजुली रहेका छन् ।
सदस्यहरुमा महेश श्रेष्ठ, मुकेश दाहाल, राजकुमार श्रेष्ठ, जिवन देवान, विरेन्द्र देवान, विप्लप कोइराला, सविता पाण्डे, मनिषा अधिकारी, आनन्द भक्तराज रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा छेतेन शेर्पा, साङ्गे योल्मो, कविन्द्र राई, सुलोचना भक्तराज, सुमन राई, सुरेन्द्र राई, सजित सिंह खत्री, बुद्धिमान राई र दिपेश श्रेष्ठ चयन भएका छन् ।
क्लबले ७ सल्लाहकार समिती समेत चयन गरेकोछ । समितिमा महेश बस्नेत, राजकुमार भक्तराज, राम खत्री, घनेन्द्र भक्तराज, इन्द्र फुएल, ध्रुव भक्तराज र तिलक ठकुरी रहेका छन् । मंगेश बस्नेतको संयोजकत्वमा दशन भक्तराज, याम राई, राजु थापा मगर र महेश खड्का सदस्य रहेको टेक्निकल कमिटि गठन गरिएको छ ।
बिजय कार्कीको संयोजकत्वमा विशाल सोङमी र नविन तामाङ सदस्य रहेको लेखा समिति समेत गठन भएको छ । सुवास राईको संयोजकत्वमा रविन राई र इलाम अस्पतालका एक जना प्रतिनिधि रहेको स्वास्थ्य समिती गठन भएको नवनिर्वाचित सचिव राजेश पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.