धर्मगुरुको जन्मोत्सवमा आत्मानन्द कपको १२औँ संस्करण

खेलकुद

इलाम: किरात धर्मका धर्मगुरु आत्मानन्द लिङ्देनको ६६औँ जन्मोत्सवको अवसरमा माङ्सेबुङ ५ स्थित धार्मिकस्थलमा आत्मानन्द कप फुटबल प्रतियोगितासहित विभिन्न कार्यक्रमहरु सम्पन्न गरिने भएको छ । कार्यक्रममा संघीय मन्त्रिपरिषद्का उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको सहभागितामा मङ्सिर १८ गते विशेष कार्यक्रम हुने जनाइएको छ ।
मङ्सिर ११ गते आत्मानन्द कपको १२औँ संस्करणको प्रतियोगिता शुरु गरिने भएको छ । प्रतियोगिताको फाइनल खेल १७ गते हुने भएको छ । फाइनल खेलमा बिजेताहरुलाई मन्त्री पोखरेलले १८ गते हुने कार्यक्रममा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
सोही दिन शुभजन्मोत्सव समारोह सम्पन्न गरिने भएको छ । १६ गते किरात धर्मको साक्मुरा बदेम्मा अर्थात गालीश्राप बहन्ती सम्पन्न गरिने, १७ गते विश्व शान्ति मानव एकताका लागि महाअष्ट हवन गरिने, १९ गते धर्मगुरुबाट आशिर्वचनको कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published.