आत्मानन्दकप :पाहुना टोलि दार्जिलिङ फाइनलमा

खेलकुद


इलाम : मानेभञ्ज्याङ स्पोर्टिङक्लवदार्जिलिङ भारत इलामको माङसेबुङमाजारी १२ औं संस्करणको आत्मानन्दकपफूटबलप्रतियोगिताको फाइनलप्रवेश गरेको छ ।
आइतबार भएको पहिलो सेमिफाइनलमाएएससी अर्जुनधारा झापाविरुद्ध २–० को सहजजितनिकाल्दै दार्जिलिङउपाधिनजिकपुगेको हो ।
पहिलो हाफमा १ नै अग्रताकायमगर्न सफलदार्जिलिङले दोश्रो हाफमाअग्रता दोब्बर बनाउँदै सहजै फाइनलको यात्रा तय गरेको हो । खेलको २२औं मिनटमानै दार्जिलिङकाआशिस राईले गोल गरी टिमलाई अग्रतादिलाएकाथिए ।
पहिलो हाफमा १ गोल खाएको झापादोस्रो हाफमा समेत खेलमाफर्कन सकेन । विपक्षीलाई निरन्तर दवावमा राख्न सफलदार्जिलिङले ६० औं मिनटमाअग्रता दोब्बर बनायो । पुजन राईलेटिमकातर्फबाट दोश्रो गोल गरी टिमलाई २–० को सहजजितदिलाएकाथिए । खेलको म्यानअफदिम्याचविजेतादार्जिलिङकाभवेस राई घोषित भए ।
उपाधिकालागिदार्जिलिङले सोमबारहुनेदोश्रो तथाअन्तिमसेमिफाइनलको विजेतासँगमंगरबार खेल्नेछ । सोमबार अन्तिम सेमिफाइनलमा रेडस्टार क्लबविर्तामोड र भाङबारी स्पोर्टिङ युथक्लबदमकबीचहुँदैछ ।
किरातधर्मगुरु आत्मानन्दलिङदेनको ६६औं जन्मोत्सवकाअवसरमाआयोजितामा ८ टिमको सहभागिताथियो । प्रतियोगिताकाविजेताले नगद २ लाख १ सय ६६ रुपैयाँर उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँपाउनेछन् । त्यस्तै सर्वाधिकगोलकर्ता, उत्कृष्टगोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्टडिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्टमिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनिनगद पुरस्कारपाउनेछन् ।

Leave a Reply

Your email address will not be published.