इलाम बजारमा फूटसल संचालन

Breaking News Hot News Special News खेलकुद स्वास्थ्य/शिक्षा


इलाम : इलाममा फूटसलको उद्घाटन गरिएको छ । इलाम नगरपलिाकाका नगर प्रमुख महेश बस्नेतले एक कार्यक्रमका बिच फूटसलको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा नगर प्रमुख बस्नेतले युवाले जोखिम सहितको लगानी गरेको वताउनु भयो ।

उहाँले जिल्लामा नै पहिलो पटक यस किसिमको फूटसलमा लगानी गरिएकाले यसको दिर्घकालिन भविष्य खोज्न जुट्ने बेला आएको बताउनुभयो । बस्नेतले पछिल्लो समय फूटसलखेल प्रति बालबालिका र युवाहकरको आकर्षण बढेको बताउदै खेल कौशलता सिक्न फूटसल आवश्यक रहेको वताउनुभयो ।

त्यस्तै कार्यक्रममा सञ्चालक रोशन राईले यो एक युवाको मात्र फूटसल नभएर सिंगो जिल्लाको नै भएको जानकारी गराउनुभयो । चुनौतीका साथ लगानी गरिएको भएपनि सबैको सहयोग आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि, खेलसम्वद्ध समितिका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानियको उपस्थिती रहेको थियो । सोहि अवसरमा जिल्लाका सञ्चारकर्मी र राजनैतिक दलका प्रतिनिधि एवम् साहित्यकार र जनप्रतिनिधि बिच मैत्रीपुर्ण खेल सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published.