आइतबारे रनिङ ट्रफी: जनता सेभेन फिक्कल र टि.वाई.सी. तीनघरे सेमिफाइनलमा

आइतबारे रनिङ ट्रफी:  जनता सेभेन फिक्कल र टि.वाई.सी. तीनघरे सेमिफाइनलमा

चन्द्रकान्त पौडेल , फिक्कल:

१६ औ संस्करणकोआइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको क्वाटर फाइनल खेलबाट बिजयी हुँदै जनता सेभेन फिक्कल र टि वाइ सि तिनघरे सेमिफाइनल प्रबेश गरेका छ्न।

आज सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटर फाइनलमा ड्रीम्स क्लब जहरसिङगाउँलाई 0 का बिरुद्द ४ गोल गर्दै जनता सेभेन सेमिफाइनल प्रबेश गरेको हो।बिजयी टिमका लागि जर्सि न १५ का सचिन यल्मुले ह्याट्रिक तथा जर्सि न ७ का अर्जुन राइले १ गोल गरेका थिए।

त्यस्तै प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा फिक्कल एफ सि फिक्कललाइ 0 का बिरुद्द ४ गोलले पराजित गर्दै टि वाइ सि तिनघरेले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।बिजयी टि वाइ सि का तर्फबाट ज न १० का शेखर राइले हयाट्रीक तथा ज न १२ का पेम्बा यल्मुले १ गोल गरेका थिए।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भोलि शिसा क्लासिक तिनघरे र जनता सेभेन फिक्कल भिड्ने तथा अन्तिम सेमिफाइनल बिहिबार खुदुनाबारी स्पोर्टिङ क्लब र टि वाइ सि तिनघरेका बिच हुने आयोजक समितिका अध्यक्ष खड्ग प्रसाद दाहालले जानकारी दिनुभएको छ माघ २ गतेबाट शुरु प्रतियोगितामा इलाम र झापाका गरि १६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेता टिमले नगद ८०१११र उपबिजयी टिमले ५०१११ प्राप्त गर्नेछ्न।