दोस्रो इलाम आमन्त्रित भलिवल प्रतियोगिता हुने

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद

इलाम, माघ : इलाममा आगामी चैत्र ५ गतेदेखी ८ गतेसम्म दोस्रो इलाम आमन्त्रित नकआउट पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ इलामको आयोजनामा देश भरीका १२ टीमको सहभागितामा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा गण्डगी प्रदेश भलिवल टीम, बिमान ट्रेड्स बिर्तामोड, पूर्वाञ्चल भलिवल क्लव, मणी मुकुन्द क्लव रुपन्देही, ताप्लेजुङ भलिवल क्लव, नव चेतना भलिवल क्लव बरबोटे इलामको सहभागिता रहने छ । त्यस्तै नेपाल आर्मी, ससस्त्र प्रहरी, पूर्वाञ्चल प्रहरी टीम, दमक भलिवल क्लव, आयोजक र प्रदेश नम्वर १ भलिवल क्लबको सहभागिता रहने जनाइएको छ ।


प्रतियोगिताको प्रथम हुने टीमलाई २ लाख एक हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै दोस्रो हुने टीमलाई एकलाख एक हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक जिल्ला भलिवल संघ इलामका अध्यक्ष डाकप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार म्यान आफ दि म्याच, वेस्ट स्पाइकर, ९ओपन० र ९क्विक० सहित वेस्ट लिफ्टर, वेस्ट सर्भलाई समेत पुरस्कार प्रदान गरिने छ । त्यस्तै वेस्ट सप्लायर्स, वेस्ट डिफेन्डर, वेस्ट ब्लकर र म्यान अफ दि सिरिजलाई समेत नगद सहित पुरस्कृत गरिने छ ।


मायाको चिनो, खेल सामाग्री, रेफ्री तथा खेलाडी ब्यवस्थापन, खेलाडीको यातायात खर्च लगायत गरेर १७ लाख ४८ हजार ६ सय २५ रुपयाँ खर्च हुने अनुमान गरिएको छ । रकम जुटाउन आयोजक लागिरहेको अध्यक्ष गौतमले वताउनु भयो । उहाँका अनुसार सरकारी निकायबाट ८ लाख ५० हजार, दाताहरुबाट ५ लाख र बाहिरी सहयोग संकलन ४ लाख संकलन हुने अपेक्षा छ ।
गएको वर्ष भन्दा पुरस्कार राशी सहित खेलाडी टीम समेत वढाइएको छ । गएको वर्ष प्रथम पुरस्कार डेढ लाख रहेको थियो भने आठ वटा मात्र टीमको सहभागिता रहेको थियो ।

सदरमुकाममा पत्रकार सम्मेलन गरि खेल प्रतियोगिताबारे जानकारी गराइएको थियो । कार्यक्रममा जिल्ला भलिवल संघका अध्यक्ष गौतम सहित उपाध्यक्ष राजकुमार खाती, सचिव राजिव कडरिया, सहसचिव प्रमोनन्द दुलाल, कोषाध्यक्ष प्रविण गुरुङ, १ नम्वर भलिवल संघका लेखनाथ पराजुली लगायत जिल्ला भलिवल संघ इलामका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.