इलाम: पूर्वी पहाडी जिल्लाको प्रतिष्ठीत माईभ्याली गोल्डकप आगामी फागुन १५ गते देखि हुने भएको छ ।माईभ्याली गोल्डकपको छैटौं संस्करण आगामी फागुन १५ देखि २४ गते सम्म इलामको ठूलो टुडीखेलमा हुने भएको हो । आयोजकले माईभ्याली फुटबल क्लबले शनिबार इलाममा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारी बारे जानकारी दिएको छ ।
माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले खेल मैदानको समस्याकै बिच इलामको फुटवल क्रेजलाई कायम राख्न प्रतियोगितालाई निरन्र्तता दिएको जानकारी दिनु भयो । दर्शकको लोभलाग्दो सहभागीता रहने माई भ्याली गोल्डकपमा नेपालका ए डिभिजनका ४ टिम बिदेशी टिमको समेत सहभागीता रहने अध्यक्ष चेम्जोङले जानकारी दिनु भयो । प्रतियोगितामा भारतको मो मोडन, दार्जिलिङ ११ लगायतका टिमहरु आउने छन ।
जापानको युनिभर्सिटीले आउन रहर गरी रहेपनि टुंगो लागि नसकेको आयोजकले जानकारी दिएको छ । स्थानीय सरकारलेले खेल क्षेत्र र खेल मैदानको बिकासमा ध्यान दिनु पर्नेमा अध्यक्ष चेम्जोङले जोड दिनु भयो । क्लबले यस पटक पुरस्कार रासीमा १ लाख बृद्धिगरी गरेको छ । प्रतियोगीताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैया पाउने छ ।
आयोजकले बासको प्यारापिट निर्माण शुरु गरेको जनाएको छ । पत्रकार सम्मेलनमा एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले मोफसलका खेलकुदलाई एन्फाले समेत पुरस्कारमा सहयोग गर्ने बताउनु भयो ।