सुन्दरपानी ओपन फुटबल : आज नेपाल र भारतका टिम भिड्दै

सुन्दरपानी ओपन फुटबल : आज नेपाल र भारतका टिम भिड्दै


रोशन काफ्ले,पान्दाम:

इलामको सूर्योदय नगरपालिका–९ पान्दाममा जारी छैटौ संस्करणको सुन्दरपानी ओपन नकाउट फुटबल प्रतियोगिता अन्र्तगत आज २ खेल सम्पन्न हुनेछ । दोश्रो दिनको खेलमा एमएफसी दार्जिलिङ र समृद्ध एफसी रम्फोक तथा आइतबारे एफसी सूर्योदय नगरपालिका–११ र आलुबारी दार्जिलिङ बिच प्रतिस्पर्धा हुनेछ ।

उद्धघाटन खेलमा माईजोगमाईले रिम्बिकलाई हरायो


शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा माइजोगमाई एफसीले रिम्बिक लोधोमा समष्टि दार्जिलिङलाई ५–२ गोल अन्तरले पराजित ग¥यो । माइजोगमाईको जितमा पासाङ शेर्पा एक्लैले ४ गोल गरे । हरि सिटौलाको नाममा १ गोल रहयो । खेलको सुरुवातबाटै दबाब बनाएको माइजोगमाईले ९ औ मिनेटमा पासाङको गोलबाट अग्रता बनाएको थियो । १९ औ मिनेटमा रिम्बिकका सोलोमन क्षत्रीले खेल बराबरीमा ल्याए । ३९ मिनेटमा हरि सिटौलाले अग्रता २–१ बनाए । ५३ औ मिनेटमा पासाङले व्यक्तिगत दोश्रो गोल गरे । १ मिनेट नवित्दै सामुएल गुरुङले अग्रता कम पारे । आक्रमक बनेको माइजोगमाईका लागी पासाङले ६० औ मिनेटमा पेनाल्टी मार्फत ह्रयाट्रिक पुरा गरे ।

उनले पुनः ६६ औ मिनेटमा फ्रिकिक प्रहारमा चौथो गोल गरेपछि माइजोगमाई ५–२ गोल अन्तरले बिजयी बन्दै प्रि–क्वाटरफाइनल प्रवेश गरेको हो । माइजोगमाईले अब एमएफसी दार्जिलिङ र समृद्ध एफसीबिचको बिजेतासँगै प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उद्धघाटन सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले गरेकी थिइन् ।

कार्यक्रमका बिशेष अतिथि जिल्ला फुटबल संघका उपाध्यक्ष मणी गुरुङ, वडा नं १० का अध्यक्ष तथा नगर कार्यपालिकाका खेलकुद विकास समिति संयोजक पेमा उगेन लामा, वडा नं ९ का अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले प्रतियोगिता सफलताको शुभकामना प्रदान गरे ।

मिलिनियम फ्रेन्डस क्लब, स्माइल युथ क्लब र न्यु जेनेरेसन स्टार क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितको बिजेताले नगद १ लाख, उपविजेताले ५० हजार र सेमीफाइनललिष्ट टिमलाई जनही १०÷१० हजार प्रदान गरिने आयोजक समितिका सोनाम योल्मोले जानकारी दिए । प्रतियोगितामा २० टिमको सहभागीता रहेको छ ।
पान्दाम खेलमैदानमा बर्षेनी आयोजना हुने फुटबल प्रतियोगितमा नेपाल र भारतका विभिन्न टिमहरुको सहभागीता रहदै आएको छ । फुटबल खेलको माध्यमबाट दुई देशको मित्रताको सम्वन्ध कायम हुनेमा विश्वास लिएको योल्मोले बताए ।