सुन्दरपानी ओपन नकाउट फुटबल : लक्ष्मीपुर र जनता सेभेन तथा गोदक र भेनस भिड्दै

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद प्रमोसन

पान्दाम : इलामको सूर्योदय नगरपालिका–९ पान्दाममा जारी छैटौ संस्करणको सुन्दरपानी ओपन नकाउट फुटबल अन्र्तगत आज पनि २ खेल हुँदैछन् । प्रतियोगिताको पहिलो चरणको खेलमा लक्ष्मीपुर एफसीले जनता सेभेन फिक्कल तथा मोक्ष गोदकले भेनस सुन्दरपानीको सामना गर्दैछ । सोमबारको खेलमा रुङसुङ र प्लेइङ सेभेन फाटक बिजयी भएका छन् ।

सोमबारको पहिलो खेलमा तीनघरे एफसीलाई ३–२ गोल अन्तरले हराउँदै रुङसुङ प्रि–क्वाटरफाइनल प्रवेश गरेको छ ।त्यसैगरी दोश्रो खेलमा फिक्कल आहालेको स्थानमा खेलेको अन्तुलाई ४–० ले हराउँदै प्लेइङ सेभेन फाटकले समेत प्रि–क्वाटरफाइनलम स्थान बनायो ।

क्वाटरफाइनल प्रवेशका लागी रुङसुङले मोक्ष र भेनसबिचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाटकले लक्ष्मीपुर र जनता सेभेन बिचको बिजेतासँगै क्वाटरफाइनल प्रवेशका लागी भिड्नेछ । प्रतियोगितको बिजेताले नगद १ लाख, उपविजेताले ६० हजार र सेमीफाइनललिष्ट टिमलाई जनही १०र१० हजार प्रदान गरिने आयोजक समितिका सोनाम योल्मोले जानकारी दिए । प्रतियोगितामा २३ टिमको सहभागीता रहेक

Leave a Reply

Your email address will not be published.