माइभ्याली गोल्डकपको छैटौं संस्करण आजदेखि

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद प्रदेश नं. १ प्रमोसन मनोरञन

इलाम: माइभ्याली गोल्डकपको छैटौँ संस्करण आजदेखि सुरु हुँदैछ । इलामको ठूलो टुँडिखेलमा हुने गोल्डकपको उद्घाटन खेलमा कोहीमा इगल एफसी नागाल्याण्ड र गोर्खा ब्वाइज एफसी रुपन्देहीले भिड्नेछन् ।

सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबसहित १० टिम सहभागी हुने प्रतियोगिताको उद्घाटन खेल दिउँसो २ बजे हुनेछ । फागुन १६ गते आयोजक माईभ्याली फुटबल क्लब र ग्यान्टोक सिटी फुटबल क्लब सिक्किमबिच दोश्रो प्रि–क्वाटरफाइलनको लागि प्रतिस्पर्धा हुनेछ । पहिलो क्वाटरफाइनल खेलमा फागुन १७ गते मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ र झापा–११ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

फागुन १८ गते पहिलो संस्करणको बिजेता ए डिभिजन क्लब त्रिभुवन आर्मीले अर्को ए डिभिजनको क्लब संकटाको सामना गर्दैछ ।तेश्रो क्वारटफाइनल खेलमा फागुन १९ गते नागाल्यान्ड र रुपन्देही बिचको बिजेताले शहिद स्मारक लिग बिजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम क्वाटरफाइनल खेलमा फागुन २० गते माईभ्याली र सिक्किमबिचको बिजेताले कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडन स्र्पोटिङसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।फागुन २१ र २२ गते हुने सेमीफाइनल खेलका बिजेता र उपविजेता बिच फागुन २४ गते फाइनल खेल हुने तय भएको छ । यो वर्ष माईभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछन् । न्यूज संजाल

Leave a Reply

Your email address will not be published.