माइभ्याली गोल्डकपको उद्घाटन खेलमा नागाल्याण्ड र रुपन्देही बिचको खेल हुँदै

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद प्रदेश नं. १ प्रमोसन

इलाम : माइभ्याली गोल्डकपको छैटौँ संस्करण अन्र्तगत उद्घाटन खेलमा अहिले कोहीमा इगल एफसी नागाल्याण्ड र गोर्खा ब्वाइज एफसी रुपन्देही बिचको खेल शुरु भएको छ ।
इलामको ठूलो टुँडिखेलमा खेल शुरु भएको हो । प्रतियोगीताको उद्घाटन प्रदेश १ का आर्थिक योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गर्नु भयो । प्रतियोगीताको उद्घाटन गर्दै मन्त्री आङबोले खेल क्षेत्रको बिकासले सबै क्षेत्रको बिकासमा योगदान पुरयाउने बताउनु भयो ।
खेलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबसहित १० टिम सहभागी छन । आयोजक माईभ्याली फुटबल क्लब , ग्यान्टोक सिटी फुटबल क्लब सिक्किम , मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ , झापा–११ फुटबल क्लब , त्रिभुवन आर्मी , संकटा कोलकत्ता प्रिमियर लिग क्लब मोहम्मडन स्र्पोटिङ सहभागी रहने आयोजकले जनाएको छ । फागुन २४ गते फाइनल खेल छ । माईभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published.