सिक्किमलाई हराउदै आयोजक माईभ्याली क्वाटर फाईनलमा

  • 598
    Shares
सिक्किमलाई हराउदै  आयोजक माईभ्याली क्वाटर फाईनलमा

इलाम: माईभ्याली गोल्डकपको क्वाटर फाईनलमा माईभ्याली फुटवल क्लब प्रबेश गरेको छ ।
शुक्रबार इलामको ठूलो टुडीखेलमा सम्पन्न खेलमा पाहुना टोली सिक्किमलाई २–० गोल अन्तरले हराउदै आयोजक माईभ्याली क्वाटर फाईनलमा प्रवेश गरेको हो ।
खेल शुरु भएको ५ मिनेटमा भाईभ्याली फुटबल क्लब इलामका जोर्डन डेम्लेले पहिलो गोल गरेका थिए । खेलको इन्जुरी समयमा माईभ्यालीका जोर्डनले नै दोसो गोल गरेका थिए । खेलको म्यान अफदी म्याच माईभ्यालीका शिशिर लेखी घोषीत हुँदै नगर १० हजार रुपियाँ प्राप्त गरे । माईभ्यालीले अव कोलकोक्ता संग क्वाटर फाईनलमा खेल्ने छ । शनिबार झापा ११ र एम.एफ.सी. दार्जिलिङ बिच पहिलो क्वाटर फाईनल खेल हुँने छ । घरेलु मैदानमा माईभ्यालीले राम्रो दर्शकको साथ पाएको थियो ।