मानेभञ्ज्याङ एफसी दार्जिलिङ माईभ्याली गोल्डकपको सेमीफाईनलमा

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन

इलाम :
इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप अन्र्तगत झापा ११ लाई हराउदै मानेभञ्ज्याङ एफसी दार्जिलिङ सेमी फाईनलमा प्रवेश गरेको छ ।
शनिबार दर्शकले भरीएको इलामको ठूलो टुडीखेलमा भएको प्रतिष्पर्धात्मक खेलमा झापा ११ लाई २–१ को गोल अन्तरले हराउदै मानेभञ्ज्याङ एफसी दार्जिलिङ सेमी फाईलमा प्रबेश गरेको हो । खेल शुरु भएको २३ औ मिनेटमा मानेभञ्ज्याङ एफसी दार्जिलिङका जर्सी नम्बर ११ का पेनीसाई लाथोङले पहिलो गोल गरे । ४८ मिनेटमा मानेभञ्ज्याङ एफसी दार्जिलिङका जर्सी नम्बर ११ का पेनीसाई लाथोङले नै दोस्रो गोल थपेका थिए । झापा ११ का ९ नम्बर खेलाडी सरोज कार्कीले ८४ औं मिनेटमा एक मात्र सान्तवना गोल फर्काएका थिए । खेलको म्यान अफदि म्याच मानेभञ्ज्याङ एफसी दार्जिलिङका पेनीसाई लाथोङ घोषीत हुँदै नगद १० हजार रुपियाँ प्राप्त गरे ।
मानेभञ्ज्याङ एफसी दार्जिलिङले झापा ११ को पोलमा पटक पटक आक्रमक प्रयास गरेको थियो । झापा ११ ले अवसर पाए पनि मानेभञ्ज्याङको पोलमा प्रहार गर्न सकेन । शनिबारको बिजेता मानेभञ्ज्याङ एफसी दार्जिलिङले अव सेमी फाईनलमा रुपन्देही र मछिन्द्र बिचको बिजेता मध्ये एक टिम संग खेल्ने छ । आईतबार त्रिभुवन आर्मी क्लब र संकटा बिच खेल हुँने छ । २४ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले ८ लाख र उप बिजेताले ५ लाख पाउने छ ।

Leave a Reply

Your email address will not be published.