रुपन्देहीलाई हराउदै लिग बिजेता मच्छिन्द्र सेमीफाईनलमा

  • 17
    Shares
रुपन्देहीलाई हराउदै लिग बिजेता मच्छिन्द्र सेमीफाईनलमा

इलामःइलाममा जारी माईभ्याली गोल्डकपको सेमीmाईनलमा सहिद स्माकर ए डिभिजन लिग बिजेता मच्छिन्द्र क्लब काडमाण्डौं प्रवेश गरेको छ ।
ट्राईबेकरमा ५–३ गोल अन्तरले गोर्खा ब्वाईज फुटवल क्लब रुपन्देहीलाई पराजित गर्दै मच्छिन्दले सेमी फाईनलमा आफनो स्थान सुरक्षित गरेको हो ।
सोमबार इलामको ठूलो टुडीखेलमा सम्पन्न क्वाटर फाईनल खेलको निर्धारित समयमा कुनै गोल हुँन नसके पछि अतिरिक्त २० मिनेट समय थप गरिएको थियो । उक्त समयमा समेत दुबै तर्फबाट कुनै गोल हुँन नसके पछि खेल ट्राईबेकरमा परिणत भएको थियो । मच्छिन्द्र क्लबका रजिन धिमाल खेलको म्यानअफदि म्याच घोषीत हुँदै नगद १० हजार रुपियाँ प्राप्त गरे । यस अघि नै त्रिभुवन आर्मी क्लब सेमी फाईनलमा प्रवेश गरिसकेको छ ।
मंगलबारको खेल आयोजक माईभ्याली फुटबल क्लब र मोहम्माडन स्र्पोटिङ क्लब कोलकोक्ता बिच हुने छ । प्रतियोगिताको बिजेताले ८ लाख र उप बिजेताले ५ लाख रुपियाँ प्राप्त गर्ने छ ।