मछिन्द्रलाई मानेभञ्जाङको चुनौती

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन

इलाम :
इलाममा जारी छैटौं माइभ्याली आयोजक टोली माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब र भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङले प्रतिस्पर्धा गर्दै छन् ।
इलाम स्थित ठुलो टुडिखेलमा फाइनल प्रबेशका लागी यि दुई टोली प्रतिस्पर्धा गर्दै छन् । दुबै टोली जितको लागी मैदानमा उत्रने छन् । नेपाल स्टार खेलाडीहरुको मिश्रणमा बनेको मछिन्द्र क्लब लिग जितेको एक सातामै सताक्षी गोल्डकपको उपाधि जितेर उच्च मनोबलका साथ इलाम आएको छ । मछिन्द्र क्लबले क्बाटर फाइनलमा मोफसलको गोर्खा ब्वाइज रुपन्देहिलाइ टाइबेकरमा हराउदै सेमिफाइनल सम्मको यात्रा तय गरेको हो । यता मानेभञ्जाङ फुटबल क्लबले मोफसलको चर्चीत क्लब झपा ११ लाई २–१ गोलले हराउदै सेमिफाइनल सम्मको यात्रा तय गरेको हो ।
सेमिफाइनलको लागी दुबै टिमकम प्रशिक्षकहरु आफ्नो टिम आजको खेलको लागी तयार भइसकेको बताएका छन् । मछिन्द्रका प्रशिक्षक प्रबेश कटुवालले लिग पछाडी सताक्षी गोल्डकप र बुढासुब्बा गोल्डकप सहभागी भई सकेको हुँदा टिमवर्क राम्रो हुने बताए । योगेश गुरुङ, बिमल,बिशाल राई ए ले अग्रपङति सम्हादा देबेन्द्र तामाङले डिफेन्सलाइनको कमान्ड सम्हाल्ने कटुवालले बताए ।
यता मानेभञ्जाङका टिम व्यवस्थापक तेन्जीङ भुटीया पनि आफ्नाृ टिमले सकरात्म नतिजा निकाल्नेमा आशाबादी रहेको बताए । खेल ५०–५० प्रतिशत हो । ‘हाम्रो टिममा भारतिय अन्डर १४ र १६ वर्षको राष्ट्रिय टिमबाट खेलिसकेको खेलाडीहरु रहेका छन् नतिजा राम्रो होला आशाबादी छु ।’ भुटियाले भने सिलोङ फुटबल क्लबका चर्चीत खेलाडी लियो र न्युकरको तालमेल मिल्यो भने खेल जित्न सकिन्छ भन्ने आशा रहेको भुटियाले बताए । पहिलो सेमिफाइनल खेल आज ३ बजे ठुलो टुडिखेलमा हुनेछ ।

लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माइ भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शनिबारदेखि क्वार्टरफाइनल खेल सुरु हुनेछ । फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्न गर्नेछ ।

Leave a Reply

Your email address will not be published.