त्रिभुवन आर्मी र आयोज माइभ्याली १–१ गोलको बराबरीमा खेल्दै

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद प्रदेश नं. १ प्रमोसन

इलाम : इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको दोश्रो सेमी फाईनल खेलमा त्रिभुवन आर्मी र आयोज माइभ्याली फुटबल क्लबले १–१ गोलको बराबरी खेलेका छन् । खेलको ३३ औं मिनेटमा आर्मीका गोल किपर बिबश चौधरी बल नियन्त्रको लागी अगाडी बढेका अवस्थामा माइभ्यालीका करण राइले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । ४१ अ‍ैं मिनेटमा आर्मीका सन्तोष तामाङले बराबरी गोल गरे । डि एरिया नजिक आयोजकका खेलाडीले आर्मीलाई फाउल गरे पछि पाएको फ्रि किकमा सन्तोषले गरेको प्रहार गोल भएको थियो ।
१७ औं मिनेटमा आर्मीका किपर बिट भइसकेको अवस्थामा आयोजकका बिकास तामाङले गोल गर्न चुके । १८ मिनेटमा आर्मीका गोर किपर बिबस चौधरीले उत्कृष्ट पञ्च गरि गोल हुन बचाए । फाइनल प्रबेशकाृ लागी भइ रहेको सेमिफाइनल खेलको बिजेताले मछिन्द्र क्लब संग फाइनल खेल्ने छ ।
लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published.