आर्मीलाई सडन डेथमा हराउदै माइभ्याली फाइनलमा

  • 433
    Shares
आर्मीलाई सडन डेथमा हराउदै माइभ्याली फाइनलमा

उपाधिका लागि माभ्याली र मछिन्द्र भिड्ने

इलाम: इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपकको फाइनलमा आयोजक माइभ्याली फुटबल क्लब प्रवेश गरेको छ ।त्रिभुवन आर्मीलाई सडनडेथमा ५– ४ गोल अन्तरले हराउदै आयोजक फाइनल प्रबेश गरेको हो । फाइनलमा आयोजकले लिग विजेता मचिन्द्र क्लब संग प्रतिस्पर्धा गर्ने छ । बिहिबार इलामको ठुलो टुडिखेलमा भएको अन्तिम सेमी फाइन खेलमा निर्धारीत ९० मिनेट र अतिरिक्त २० मिनेटमा पनि खेल बराबरी भए पछि खेल सडन डेथमा गएको थियो । आयोजक पहिलो पटक फाइनल प्रबेश गरेको हो ।
आयोजक टिमका देव लिम्बु, एन्ड्रो थियर यिबाक, लिला क्षेत्रि,पासाङ शेर्पाले गोल गर्दा शरण बस्नेतको प्रहार आर्मीका गोल रक्षक बिबस चौधरलिे बचाएका थिए । बिशाल तामाङको प्रहार बाहिरिएको थियो । यता आर्मीको तर्फबाट दिपक गुरुङ,दिप लामा, राजु आले र राजिब गुरुङले गोल गरे । सन्तोष तामाङ,इशवरी बानिया र भरत चौधरीको प्रहार गोल हुन सकेन । खेलको अतिरिक्त समयमा आर्मीका बिकेक बस्नेतले दोहोरो पहेलो कार्ड खादै बाहिरिए पछि आर्मी १० खेलाडीमा सिमित भएको थियो ।
खेलको ३३ औं मिनेटमा आर्मीका गोल किपर बिबश चौधरी बल नियन्त्रको लागी अगाडी बढेका अवस्थामा माइभ्यालीका करण राइले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । ४१ ऋौं मिनेटमा आर्मीका सन्तोष तामाङले बराबरी गोल गरे । डि एरिया नजिक आयोजकका खेलाडीले आर्मीलाई फाउल गरे पछि पाएको फ्रि किकमा सन्तोषले गरेको प्रहार गोल भएको थियो । फाइनलमा आयोजक र मछिन्द्र क्लब भिडने छन । भाग्यले साथ दिदा ऐतिहासिक सफलता प्राप्त गरेको आयोजक टिमका प्रशिक्षक दर्शनभक्तराजले बताए । खेलमा माइभ्यालिका गोल रक्षक देब लिम्बु म्यान अफ दि म्याच बने । उनले नगर १५ हजार प्राप्त गरे ।
फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।