आयोजकलाई मच्छिन्द्र अवसर कि चुनौती ?

टीका खतिवडा
इलाम, :
माइभ्याली गोल्डकपको उपाधिका लागि स्थानिय आयोजक र लिग बिजेता मच्छिन्द्र क्लब बिच प्रतिष्पर्दा हुँदैछ । इतिहास रच्दै पहिलो पटक माइभ्याली फाइनलमा प्रवेश गरेको हो । छैटौँ संस्करण सम्म आइपुग्दा माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरको हो ।
माइभ्यालीका लागि यो ठुलो अवसरक हो । माइभ्यालीका टीम प्रशिक्षक दर्शन भक्तराजले आफुहरुका लागि यो चुनौती भन्दा पनि बढि अवसर रहको बताए । उनले यो अनपेक्षित जित हुँदै आएको बताउँदै अव पनि उत्तिकै संघर्ष गर्ने बताए । जितका लागि चुनौती पनि थपिएको उनको भनाई छ ।
माइभ्यालीलाई जित भन्दा पनि कसरी खेल सम्पन्न गर्ने भन्नेबारे वढि चिन्ता रहेको आयोजक क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । उनले वढि चिन्ता आयोजकलाई पाहुना टीमलाई स्वागत सहित खेलप्रेमीलाई ब्यवस्थापनमा रहेको बताए ।
खेलको लागी दुबै टिमका प्रशिक्षकले आफुहरु जितका लागि खेल कौशल देखाउन लागि पर्ने बताएका छन् । प्रि म्याच कन्फ्रेसनमा बोल्दै दुबै टिमका प्रशिक्षकले उपाधिको लागी मानसिक तथा शारिरिक रुपमा तयार भएको बताएका छन् ।
उपाधिको लागी शनिबार ३ बजे इलाम सदरमुकाम स्थित ठुलो टुडिँखेलमा मच्छिन्द्र र आयोजक माइभ्याली भिड्न लागेका छन् ।
शनिबार हुने हुने छैँटौ संस्करणको फाइनलमा लिग बिजेता मछिन्द्रले आयोजक टिम माइभ्याली फुटबल क्लब सँग समेत राम्रा खेलाडी भएकाले यसै भन्न नसक्ने बताए । आयोजक र मच्छिन्द्र दुबै टिमले पहिलो पटक आमन्ने सामन्ने भएर फाइनल खेल्न लागेका हुन् ।
मच्छिन्द्र सेमिफाइनलमा गोर्खा ब्वाइजलाई हराउँदै फाइनल प्रबेश गरेको हो । यता आयोजकले त्रिभुवन आर्मीलाई सडनडेथमा हराउँदै फाइनल प्रबेश गरेको हो । दुबै टीमहरुले यस अघि पनि संघर्षपूर्ण जित निकाल्दै आएकाले पनि आयोजक कमजोर टीमका रुपमा पर्दैन ।
शनिबार हुने खेलमा मचिन्द्रलाई कडा मैदानले समस्या बनाउने छ । घरेलु दर्शकको साथले गर्दा माइभ्यालीलाई हौसला प्रदान हुने अपेक्षा गरिएको छ ।
यता आयोजक टीमले स्टार खेलाडी हेबिवेट टोलीको दवाब महसुस गर्न सक्नेछ । छैटौं संस्करण सम्म आइपुग्दा यि दुबै टिमले उपाधि जित्न सकेका छैन् । छैटौं संस्करणको माइभ्यालि गोल्डकपले नयाँ च्याम्पियन पाउने छ । दुवै टोली शनिबार माइभ्याली गोल्डकपको नयाँ च्याम्पियन टिम बन्ने लक्ष्यसहित मैदानमा उत्रने छन् ।


सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लिग जितेको मछिन्द्र क्लब संग स्टार खेलाडीहरु रहेका छन् । यता आयोजकले बिभिन्न क्लबका खेलाडीहरु मिश्रणमा टीम निर्माण गरेको छ । जावलाखेलका विशाल तामाङ, फ्रेन्डस क्लबका देव लिम्बु र ब्रिगेड ब्वाइजको शिशिर लेखि लगायतको खेलाडीहरु समेटेर टिम निर्माण गरेको आयोजक मच्छिन्द्रलाई हराउँदै पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ । बिदेशी खेलाडीहरुको भरमा खेल जित्ने लक्ष्यमा रहेको आयोजकलाई स्टार खेलाडीहरुले भरिएको मच्छिन्द्रलाई हराउन त्यति सहज भने छैन् ।
‘फाइनल खेल आफैमा पेसरमा हुन्छ । त्यहि माथि घरेलु टीमलाई हराउन उति सजिलो नभएको मछिन्द्रका प्रशिक्षक प्रबेश कटुवाल बताए ।
घरेलु दर्शक र घरेलु मैदानका कारण कुनै दबाब नभएको आयोजक टिमका प्रशिक्षक दर्शन भक्तराजको भनाई छ । घरेलु मैदानको फाइदा उठाउँदै उपाधी जित्ने लक्ष्य रहेको उनले बताए । बिभिन्न ए डिभिजनका क्लबको अनुभव बटुलिसकेका खेलाडीहरुलाई समेटेर टीम निर्माण गरिएकाले पनि जित हुने उनी बताउँछन् ।
लीग च्याम्पियन मच्छिन्द्र सहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटा लगायत भारतका गरि १० टोलीको सहभागिता रहेको थियो । गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


आयोजकलाई चुनौती

माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप छैटौँ संस्करणमा नेपाली राष्ट्रिय झण्डाले सजिएको इलामको ठुलो टुँडिखेल


बर्षेनी दर्शकहरु घट्दै गएकाले आयोजकलाई समस्या बढ्दै गएको आयोजक माइभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । केही वर्ष अगाडी नै आयोजकले एकाडेमी सञ्चालन गरेर आयोजकको स्थानिय खेलाडी उत्पादन गर्ने लक्ष राखेको थियो । तर हालसम्म पर्याप्त जग्गा नभएका कारण समस्या भएको अध्यक्ष चेम्जोङले बताए । जग्गा प्राप्त भए एन्फाले समेत सहयोग गर्ने र आफुहरु समेत तयार रहेको उनले बताए । इलाम बजार क्षेत्रमा कोही दानबिर भए तत्काल एकाडेमीको काम थालिने उनको भनाई छ ।


प्याराफिट निर्माणमा बर्षेनी सात लाख माथी


हाल खेल हुँदै आएको मैदान नेपाली शेनाको हो । सो मैदानमा नेपाली शेनाको कसरत गर्ने स्थान भएकाले पनि स्थाई संरचना निर्माणमा समस्या भइरहेको छ । त्यसैले बर्षेनी बाँसको प्याराफिट निर्माण गर्न सात लाख माथी खर्च हुने गरेको छ । गएको वर्ष साढे सात लाख खर्च भएको आयोजक समितिका कोषाध्यक्ष कमल सुवेदीले बताए । उनले गएको वर्ष भन्दा यस वर्ष केही कम लाग्ने अनुमान गरेका छन् । वर्षेनी सातलाख माथी रकमले स्थाई संरचना निर्माण गर्ने हो भने राम्रैसँग स्थाई प्याराफिट निर्माण गर्न सकिने कोषाध्यक्ष सुबेदीले बताए । तर यसले चुनौती थपेको उनको भनाई छ । तर पनि बाँसकै प्याराफिटमा भएपनि दर्शकहरु रमाएरै खेल हेर्ने गरेका छन् । यसको बिकल्पका लागि प्रयास भइरहेको सचिव राजेश पराजुलीको भनाई छ । तर टुँडिखेलमा नै स्थाई प्याराफिट निर्माण गर्न नमिल्ने भएकाले चुनौती रहेको छ । पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगितालाई सम्पन्न गर्न जिल्लावासी, प्रायोजक कर्ता र बिभिन्न संघसंस्थाले उत्तिकै साथ दिँदै आएका छन् ।

Leave a comment

Your email address will not be published.