सुन्दरपानी फुटबल प्रतियोगिताको उपाधी फिक्कललाई

  • 139
    Shares
सुन्दरपानी  फुटबल प्रतियोगिताको उपाधी  फिक्कललाई

राजकुमार दहाल ,फिक्कल:

सून्दरपानी ओपन नकआउट फुटबल प्रतियोगिताको उपाधी जनाता सेभेन फिक्कलले जितेको छ ।मिलियन फे्रण्डस कल्व , स्मायल युवा क्लव र न्यू जेनेरेसन कल्व सूर्योदयनगरपालिका ९ को आयोजानामा सूर्योदयनगरपालिका ९ स्थीत पान्दाम सुन्दरपानी खेल मैदानमा भएको उक्त प्रतियोगितामा जनता सेभेनले मानेभन्याङ फुटबल क्लव दार्जिलिङलाई टाईव्रेकरमा ४ को बिरुद्ध ५ गोलले हराउदै उपाधी चुमेको हो ।

निरर्धारीत समयमा १,१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरीएको हो ।पहिलो हाफको २५ मिनेटमा मानेभन्याङका जर्सि न ८ का लाक्पा तामाङले गोल गर्दै मानेभन्याङलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको २३ औ मिनेटमा जनता सेभेनका जर्सि नम्बर १० का अशिष राईले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन ।

निक्कै प्रतिष्पर्धात्मक खेलमा दुबै टिमबाट गोल गर्ने केही राम्रा अवसरहरु गुमाएका थिए । जनता सेभेनले प्लेइङ सेभेनलाई हराउदै फाईनलमा प्रबेशश गरेको हो भने मानेभन्याङ फुटबल कल्वले डि एफ सि रुङसुङलाई हराउदै फाईनलमा प्रबेश गरेको हो ।

आयोजक समितिका अध्यक्ष जय राईको अध्यक्षता , सूर्योदयनगरपालिकाका प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यता तथा अखिल नेपाल फुटबल सघं एन्फाका केन्दीय सदस्य निरोज खडगीको बिशेष आतिथ्यतामा भएको समापन कार्यक्रममा सूर्योदयनगरपालिका ९ का वडा अध्यक्ष देबेन्द्र शर्मा वडा नम्बर ११ का वडा अध्यक्ष टेक बहादुर राई वडा न ३ का अध्यक्ष होम कार्की खेलक्षेत्रका बिभिन्न सघं सस्थां , कल्वका पदाधिकारी पुर्व खेलाडी लागायत दर्शकको निक्कै राम्रो उपस्थीति रहेको थियो ।

बिजेता जनता सेभेनले नगद १ लाखको साथ मेडल ट्रफि र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता मानेभन्याङले ट्रफि मेडल र प्रमाणपत्रको साथ नगद ६० हजारमा चित्त बुझाएको छ । सेमिफाईनलमा पुग्ने दुई टिमलाई नगद १० र१० हजार प्रदान गरीएको छ । बिजेता उपबिजेता सबैलाई समापन कार्यक्रममा प्रमुखअतिथी नगरप्रमुख राई लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक जनता सेभेनका अनमोल राई , उत्कृष्ट डिफेन्स मानेभन्याङका टाक्सीक भोटिया , सर्वाधिक गोल कर्ता प्लेइङ सेभेनका पुजन मगर घोषित भए । पुजनले ६ गोल गरेका थिए । यस्तै उदयमान खेलाडीको रुपमा एन वाई सि नयाँचोकका अनमोल राई , उत्कृष्ट टिम प्लेइङ सेभेन मगंलबारे घोषित भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा मानेभन्याङका लाक्पा तामाङ घोषित भए ।

फाईनल खेल अगाडी नगरप्रमुख रण बहादुराई सहितको जनप्रतिनिधि र आयोजकका ४० बर्ष माथिका खेलाडी बिच भएको मैत्रीपुर्ण खेलमा आयोजक टिम ० को बिरुद्ध २ गोल गर्दै बिजयी भयो ।नगद १ लाखको फुल हाउस सहितका हाउसी खेल पनि खेलाईएको थियो हाउसीको फुलहाउस रु १ लाख रुपैया सूर्योदयनगरपालिका ३ का सन्तोष थापा मगरले जित्नु भएको छ । हाउसीमा टप लाईन मिडललाई र बटम लाईनमा रु १०र १० हजार पुरस्कार रहेको थियो ।

समापन सत्रमा बोल्नुहुदै प्रमुख अतिथी नगरप्रमुख राईले सूर्योदयनगरपालिका खेलाडी तथा खेलकुको बिकारमा निक्कै गभिंर रहेको बताउनु भयो । उहाँले नगरमा हुने यस्ता प्रतियोगितालाई नगरपालिकाले सकेसम्म धेरै सहयोग र साथ दिने प्रतिबद्धता जनाउनु भयो । खेलकुदको विकास खेलाडीको विकास खेलमैदानको स्तर उन्नतीमा नगरपालिका निक्कै गभिंर रहेको नगरप्रमख राईले बताउनु भयो । उहाँले आयोजक समितिलाई सफल खेल आयोजनाका लागि धन्यवाद दिनु भयो ।

अखिल नेपाल फुटबल सघंका केन्दीय सदस्य खडगीले इलामले धेरै राष्ट्रय खेलाडीहरु उत्पादन गरीरहेको र यस्ता प्रतियोगिताले राम्रा खेलाडी उत्पादनमा निक्कै टेवा पुग्ने बताउनु भयो । मिलियन फेण्ड्स क्लवले इलामको खेल क्षेत्रमा दिएको योगदान उच्च रहेको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

आयोजक समितिका अध्यक्ष राईले आफ्नो क्लवले उत्पादन गरीरहेको खेलाडीले देशको राष्ट्रीम र प्रतिष्ठीत कल्वमार्फत अहिले खेलिरहेको जानकारी गराउदै प्रतियोगिता सफल पार्न साथ दिने सूर्योदयनगरपालिका जिल्ला खेलकुद विकास समिति जिल्ला फुटबल सघं बिभिन्न सघं सस्थां दाता दर्शक खेलप्रमी सबैमा धन्यवाद दिनु भयो ।

आगामी बर्षहरुमा पुरस्कार राशी थप गर्दै प्रतियोगितालाई निरन्तरता दिने आयोजक समितिका सचिव सोनाम योल्मोले जानकारी दिनु भयो ।प्रतियोगितामा नेपाल र भारतका २३ टिमको सहभागीता हरेको थियो । दर्शकको सहजताको लागि बाँसको प्याराफिट पनि बनाएको थियो ।

यही आर्थिक बर्षमा प्रदेश सांसद खिनु लङवा लिम्बुको सांसद विकास कोषबाट नगद रु ८ लाखमा खेलमैदानको स्तरउन्नती गरीएको छ ।मिलियन फ्रण्ड्स कल्वको एकल आयोजनामा हुदै आएको प्रतियोगितामा पछिल्लो बर्षहरुमा पान्दामकै दुई कल्व स्मायल युवा क्लव र न्यू जेनेरेसन कल्व पनि जोडिएको छ प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख सूर्योदयनगरपालिकाले उपलब्ध गराएको थियो । अन्य रकम बिभिन्न दाता दर्शक सघंसस्थां लगायतको सहयोगबाट व्यवस्थापन गरीएको आयोजकले जानाएको छ ।