कुटिडाँडामा सुबिधा सम्पन्न रिसोर्ट

घुमफीर पर्यटन

कुटिडाँडा: इलामको रोङ गाउपालिका ३ कुटिडाँडामा सुबिधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । झापा मेची नगरका युवा बीरबहादुर कट्टुवालले सञ्चालनमा ल्याएको हाे ।  रिसोर्टमा सुबिधा सम्पन्न एटेज कोठा तथा उच्च स्तरको सेवाहरु उपलब्ध रहेका छन  ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिदै रोजगारीको अवसर समेत दिने गरी सञ्चालनमा आएको रिसोर्टमा हाल सम्ममा ४ करोड लगानी भइसकेको सञ्चालक कट्टुवालले बताए । ‘५६ रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा भबिस्यमा गुरास र चापका फूलहरु रोप्ने योजना रहेको छ ।’ सञ्चालक कटुवालले भने,– ‘रिसोर्ट क्षेत्रमा इक्वारियम् र ग्रिन हाउस समेत निर्माण गर्ने योजना रहेकाले थप ५ करोड लगानी गरिने छ ।’ झापाको भद्रपुर बिमान स्थलमा रात्रीकालिन उढान सुरु भएकाले पर्यटकहरुको लागि कुटिडाँडा क्षेत्र बस्नको लागि उत्तम हुने भएकाले रिसोर्ट को भबिष्य राम्रो रहेको रिसोर्टमा पुगेका झापाका पर्यटन ब्यवसायी शंकर भटराइले बताए ।

‘भद्रपुर नाका समेत खुलेकाले बंगाल तथा बिहारका पर्यटकहरु आउने सम्भावना छ’ ट्राभल ब्यवसायी संघ झापाका पुर्व अध्यक्ष समेत रहेका भटराईले भने,– पर्यटकहरुले मौसम र बातावरण राम्रो भएकाले पहाडी क्षेत्रमा बस्न मन पराउछन् । गाउपालिका क्षेत्रमा खुलेको यस प्रकारको रिसोर्टलाई स्थानीयले अवसरको रुपमा लिनु पर्ने रोङ ३ का वडा अध्यक्ष मात्रिका बराल बताउछन् । उनी भन्छन् ब्यवसायीले नाफा मात्र हेरेको हुदैन स्थानीयलाई रोजगारी पनि दिने भएकाले अवसरको रुपमा लिनु पर्दछ ।

रिसोर्टमा हाल २२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने आगामी बैशाख महिनादेखि दुधको शुध्द कुराउनी बनाएर कोसेलीको रुपमा बिक्री गर्ने लक्ष्य रहेको सञ्चालक कटुवालले बताए । पाथीभरा मन्दिर आउने पर्यटकहरुलाई कोसेलीको रुपमा बिक्री गर्ने उद्देश्यले कुराउनी बनाउन लागिएको उनले बताए ।

हाल १२ वटा कोठाहरु रहेको रिसोर्टले सिजनल तथा अनलाईन बिजनेश गरिने भएकाले रिसोर्टले राम्रै ब्यपार गर्ने सम्भावना रहेको छ । कुटिडाँडा स्थीत मार्से खोला किनारमा सञ्चालनमा आएको रिसोर्टको फोहोर ब्यवस्थापनमा भने सञ्चालकले निकै ध्यान दिनु पर्ने देखिएको छ । खोलाको पानी नजिकैको बस्तीका बासिन्दाले उपभोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.