माईपोखरी जाउँ

इलाम: गुराँस फल्न थाल्दै गर्दा पहाडका बस्तीमा फरक चमक देखिन्छ। यस्तै समय हामी माईपोखरी पुगेका थियौं। फागुन पहिलो हप्ता चिसोले छाडेको थिएन। माथि डाँडा(सन्दकपुर, आहाल) तिर हिउँले छोपेको देखिन्थ्यो। इलामको सन्दकपुर गाउँपालिका–३ मा पर्छ माईपोखरी।

गुराँस र चाँप फूलेको मौसम। त्यसो त आरू फ¬ल्न थालेपछि खेतीपातीको सिजन सुरु हुन्छ। बारीका गरा खेती लगाउन तयार देखिन्थे। कतै साग फस्टाएका थिए। जस्ता, काठ र ढुंगामाटो मिलाएर बनाइएका घरअगाडि फूलबारी भेटिन्थ्यो। बर्खा यामलाई जोहो गर्दै दाउराका हार मिलाएर राखिएको थियो।

सिरेटोलाई हिउँको सास भन्दै टिप्पणी गर्थे साथीहरू। गुराँसको रूखसँग केही चरण सेल्फी हान्नै प¥यो। हामीलाई सोमबहादुर राईको घरमा लगियो। ढुंगा मिलाएर अनेक आकृति बनाइएको रहेछ। फूल पनि सजाइएको। घरको संरचना पनि आर्कषक। त्यहीँ भेला भएका थिए माईपोखरी देउराली सामुदायिक होमस्टेका सञ्चालक। उनीहरूले गुराँस र चाँपको फूलको मालाले स्वागत गरे।

होमस्टे सञ्चालन सुरु गरे पनि उलेख्य पर्यटक आइसकेका छैनन्। गाउँका ९ घरमा एकैपल्ट ५० जना बस्न मिल्छ। हामीलाई कञ्चनजंघा भूपरिधि संरक्षण तथा विकास पहल कार्यक्रमले त्यहाँ पु(याएको। इसिमोडको संयोजनमा रिकाष्टले होमस्टे विकासका लागि तालिम, अवलोकन भ्रमण तथा प्राविधिक सीप प्रदान गर्नुका साथै प्रवद्र्धन गरेको रहेछ।
हामीलाई मकै, भटमास, गुन्द्रुकको झोल, रोटी र चिया खुवाइयो। आँगनको एक कुनामा आगो बालियो। चिसो भगाउँदै आगो तापेर होमस्टे सञ्चालनको अनुभव सुन्यौं। माईपोखरी, सन्दकपुर, टोड्के झरना र ग्रामीण जनजीवनमा रमाउने पर्यटकलाई लक्ष्य गरेर होमस्टे थालिएको रहेछ। रामसार क्षेत्रमा सूचीकृत माइपोखरीमा बर्सेिन सयौं घुमन्तेहरू आउँछन्। सन्दकपुर जाने बाटो यहीँ पर्छ। चोयाटार तथा आगेथाम साम¬दायिक वन रेडपाण्डाका लागि प्रख्यात छन्। संस्थाका संस्थापक अध्यक्ष जीवन शिवा र सचिव लीलादेवी भट्टराईले होमस्टे सञ्चालनबारे जानकारी गराए।

होमस्टेको काम थालेको तीन वर्ष भएछ। प्राकृतिक अवस्था, होमस्टेको महत्व र आवश्यकताबारे रिकाष्टका कार्यक्रम संयोजक डा. यादव उप्रेतीले जानकारी दिए। कुराकानी सकिँदा रातको दश बजिसकेको थियो। खाना त्यहीँ खायौँ। छरिएर होमस्टेमा सुत्यौं। बिहान घुमफिरमा निस्कियौं। सातखाल्डे पुग्यौं जहाँ ०१९ सालमा सात जना मुक्तिसेनालाई हत्या गरी प¬रिएको रहेछ। हामी एकछिन माइपोखरी आसपासका बजार र गाउँ डुल्यौं। आफ्ना कलिला नानी बम आक्रमणमा परी मृत्यु भएको वियोगमा डम्बरसिंह सुनुवारले स्मृतिस्वरूप चित्र कोरेका रहेछन्। उनले छोराछोरीका साथै भवनको नक्शा ढुंगामा कोरेका छन्। तिनको सरंंक्षण गर्नु पर्ने देखियो।

माईपोखरीमा नौ वटा कुना छन्। यहाँ घुम्ने तथा पूजापाठ गर्नेहरू उत्तिकै देखिन्थे। त्यहाँ सुनाखरी नर्सरी रहेछ। माईपोखरी घुमेर फेरि होमस्टेमा पुग्यौं। त्यहाँ आत्मीय स्वागत मात्र पाएनौँ, दोहो¥याएर पुग्ने रहर पनि जाग्यो। दिन ढल्किन खोज्दा हामीले बिदाइका हात हल्लायौँ।

सन्दकपुर अनलाईनबाट

Leave a comment

Your email address will not be published.