पर्यटन बर्ष २०२० को तयारीमा मोटरसाइकल यात्रा

घुमफीर पर्यटन

गगन घिमिरे ,जोरकलश :

प्रदेश १को धार्मिक सांस्कृतिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने उदेश्यका साथ बुधबारबाट मोटरसाइकल यात्रा सुरु गरिएको छ ।
खोजमूलक युवा अभियान प्रदेश १ को आयोजनामा प्रदेश १को धार्मिक सांस्कृतिक तथा ऐतिहासिक स्थानको भ्रमण गरि त्यस स्थानको स्थलगत अध्ययन सहित बुकलेट तथा वृत्तचित्र निर्माण गर्ने उदेश्य रहेको आयोजक संस्थाका संयोजक सरोज पौडेलले जानकारी दिए ।
१२औं गणतन्त्र दिवसको अवसर पारी नेपालकै होचो स्थान झापाको केचनाबाट सुरु भएको यात्राले प्रदेश १ का १४ वटै जिल्ला भ्रमण गरि पर्यटन बर्ष २०२० लाई प्रचार प्रसार का साथै सफल बनाउने योजना रहेको यात्राका सहभागी विज्ञानराज पौडेलले बताए । विभिन्न पेशामा आबद्ध २६ जना युवाको सहभागीता रहेको यात्राले मध्य पाहाडी लोक मार्गबाट यात्रा गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published.