पर्यटकीय गन्तब्य पानीटार

पर्यटन

देउमाई :
छुट्टै पर्यटकीय विषेषता बोकेको इलाम जिल्लाको महत्वपुर्ण पर्यटकीय गन्तब्य बनेको छ पानीटार । थुम्कै थुम्कामा फैलिएको देउमाई नगरपालीका ३ मा रहेको चिया बगानले भरिएको पर्यटक तान्ने गतिलो गन्तब्य बनेको छ।
रमणीय चियाबारीले जो कोहीको मन छुने गर्दछ। प्राकृतिक सौन्दर्यताले भरिएको पानीटार प्रचार प्रसारको अभावमा पछि परेको छ । इलाम सदरमुकाम बाट २५ किलोमिटर पश्चिममा अवस्थीत पानीटार चिया बगान साढे चार सय रोपनीमा फैलिएको छ। अझै पनि पानीटारको विषेषता धेरैलाई थाहा छैन।
नगरपालिकाले बाटो बिजुली खानेपानीको विकासलाई पहिलो प्राथमीकतामा रखेको छ। चियाबारीको रमणीयता सँगै दृश्यावलकन , मन्दिर र खेलमैदानले पनि धेरैको रोजाईमा पानीटार पर्न थालेको छ। झट्ट हेर्दा इलामको कन्यामको झल्को दिने पानीटार थुम्का थुम्काले रमणिय क्षेत्र वनभोज स्थलका लागि पनि सम्भावना बोकेको स्थान पनि हो। यहाँ चिया प्रसस्तै उत्पादन हुने गरेको छ।पर्यटक तान्ने सम्भावना बोकेको पानीटारलाई प्रचारमा ल्याउँदै पुर्वाधार विकासमा पनि स्थानियले मेहेनेत गर्न थालेका छन् । देउमाई नगरपालीककाको मंगलबारे बजारबाट ३ किलो मिटर टाढाको पानीटार आसपास होमस्टे ब्यवस्थापनको पनि शुरुवात भएको छ। पानीटार सहित त्यस क्षेत्रका धार्मीक र पर्यटकीय स्थलमा आउने आगन्तुकलाई लक्षित गर्दै मंगलबारे ब्यवस्थित होटल समेत खुल्न थालेका छन् ।
नगरपालिकाले होमस्टेको अवधारणा अगाडी सारेको छ। सडकको अवस्था सुधार गएकाले पनि यस क्षेत्रमा पर्यटक थपिदै जान थालेका छन्। पानीटारका डाँडाकाँडा बाट जिल्लाका विभिन्न स्थानसँगै तराईका फाँट समेत देख्न सकिन्छ। यस क्षेत्रमा छरिएर रहेका विभिन्न जातजातिको संस्कृतिले पनि यो क्षेत्र महत्वपूर्ण छ।

जिल्लामा पर्यटन विकासको लहर चले सँगै यहाका बासिन्दा पर्यटक भित्राउन कसिएका छन्। पानीटार आसपासका क्षेत्र पनि रमािणय प्राकृतिक सौन्दर्यले सजिएका छन् । दक्षिणतर्फ रहेका सिद्धिथुम्काडाँडा , अजम्बरेडाँडा जीतपुरको झ्याउँपोखरी , खान्द्रङ गुफा लगाएतका पर्यटकीय क्षेत्र पनि प्रसिद्ध छन् । अन्तत यस क्षेत्रलाई पर्यटन पुर्वाधार विकास गर्न सके इलामको मात्र होइन, नेपालकै महत्वपूर्ण पर्यटक स्थल बनाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published.