पानीटारको चियाबारीमा रमाउँने होईन ?

पर्यटन

·
पानीटारको चियाबारीमा रमाउँदै । थुम्काडाँडामा मौलाएको चियाबारीसँग प्राकृतिक रमणीयताले यहाँ पर्यटक पुग्न थालेका छन् ।लोकगायक देवी गौतमले पानीटारको मनमोहक चियाबारीलाई समेटेर गीत बनाएका छन् । थुम्काथुम्कामा मौलाएको रमणीय चियाबारीले मन छोएपछि धेरैको भावना पग्लने गरेको छ । प्राकृतिक सौन्दर्यको आनन्द लिन धेरैले पानीटार यात्रा गर्ने गरेका छन् ।

सदरमुकामबाट २५ किलोमिटर पश्चिमस्थित पानीटार चिया बगानमा मात्र सीमित छैन । त्यहाँ रहेका पोखरी र देवीथान, खेलमैदान र दृश्यावलोकनले पनि आगन्तुकलाई भुलाउूछ । मंगलबारे र साङरुम्बाको सीमामा पर्ने पानीटारको भौतिक विकासमा स्थानीयवासी जुटेका छन् । पहिले भुल्केपानीले परिचित यो स्थानलाई पछि पानीटार भनिएको गौतमले बताए ।

ुआकर्षक पर्यटकीय केन्द्र बन्ने सम्भावना बोकेको पानीटारलाई प्रचारमा ल्याउन अझै सकिएको छैन,ु उनले भने, ुयहाँको प्राकृतिक सौन्दर्यताले नै पुग्ने जोकोहीलाई दोहोरियाएर जान मन लाग्छ । स्थानीयवासीले मेची पहाडी क्षेत्र पर्यटन विकास समितिको सहयोगमा पोखरी र बगंैचा निर्माण गरेका छन् । त्यस्तै आगन्तुकको संख्या थपिंदै गएपछि त्यहाँ खाने९बस्नेको व्यवस्थापन पनि राम्रो भएको छ ।

चिया तथा कफी विकास बोर्डले चिया विस्तार योजनाको कार्यालय राखेर काम थालेपछि त्यहाँका डाँडाकाँडा चियाबारीको हरियोले सजिएका हुन् । पानीटारका डाँडाकाँडाबाट जिल्लाका विभिन्न स्थानसँगै तराईका फाँटसमेत देख्न सकिन्छ । यस क्षेत्रमा छरिएर रहेका विभिन्न जातजातिको संस्कृतिले पनि यो क्षेत्र महत्त्वपूर्ण छ । जिल्लामा पर्यटन विकासको लहर चलेसँगै यहाँका बासिन्दा पनि पर्यटक तान्न कस्सिएका हुन् । पानीटार आसपासका क्षेत्र पनि रमणीय प्राकृतिक सौन्दर्यले सजिएका छन् । सिथिम्काडाँडा, अजम्बरेडाँडा, जितपुरको झ्याउपोखरीलगायतका पर्यटकीय क्षेत्र पनि नजिकै छन् । ुयस क्षेत्रका सबै पर्यटन केन्द्रलाई एकीकृत रूपमा विकास गर्ने हो भने राम्रो गन्तव्य बन्न सक्छ,ु जितपुर गाविसका सचिव युवराज घोर्साईले भने, ुस्थानीयले पर्यटन विकासका लागि थालेको अभियानमा सरोकारवालाको ध्यान जान जरुरी छ ।

पानीटारको चियाबारीभित्र ठाउँ९ठाउँमा बस्ने र रमाइलो गर्ने स्थानहरू निर्माण गरिएको छ । त्यस क्षेत्रमा वनभोजका लागि पनि टाढाटाढाबाट आउने गरेको स्थानीयवासीले बताए । मौसम खुलेको बेला त्यहाँको घुमघाम लाभदायक हुन्छ । असोजदेखि वैशाखसम्म त्यहाँ पुग्न सहज मोटर यातायातको व्यवस्था हुने र मौसम पनि खुल्ने भएकाले घुमघामका लागि पर्यटक पुग्छन् । सदरमुकामबाट नेपालटार हुँदै गाग्रेभञ्ज्याङबाट ओरालोे झरेपछि त्यहाँ पुग्न सकिन्छ । मंगलाबारे जाने सडक कालोपत्रे हुँदै गरेकाले निर्माण पूरा भएपछि पानीटारको यात्रा थप सहज हुने छ । देउमाई टुरिजम पेजबाट

Leave a Reply

Your email address will not be published.