इलामका दर्शन र मनिष सम्मिलित यु–१९ टोली घोषणा

खेलकुद

फिक्कल: इलामका मनिष थापा र दर्शन गुरुङलाई समावेश गर्दै एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले २३ सदस्यीय फुटबल टोलीको शनिबार घोषणा गरेको छ । मनिष र दर्शनले यसअघि हलचोमा आयोजित साफ यु–१८ च्याम्पियनसिपमा समेत सहभागीता जनाएका थिए । प्रशिक्षक मेघराज केसीले साफ यू–१८ च्याम्पियनसिपमा सहभागी खेलाडीसँगै अन्य नयाँ खेलाडी समेत थप्दै विगत ३ सातायता प्रशिक्षणपछि अन्तिम टोली छानेका हुन ।
२३ सदस्यीय टोलीमा साफ यू–१८ खेलेका अधिकांश खेलाडी छनोटबाट बाहिरिएका छन । साफ यू–१८ मा खराब प्रदर्शन गर्दै समुह चरणबाट बाहिरीएपछि तत्कालिन प्रशिक्षक चेतनारायण श्रेष्ठसहितको प्रशिक्षण टोलीले राजीनामा दिएका थिए । सिनियर टोलीको क्याम्पमा परिसकेका मिडफिल्डर नितिन थापा समेत टिममा परेनन् । यसअघि साफ यू–१८ समेत खेलेका नितिन यू–२३ टोलीसँग रहेर कतारमा भएको म्यानमार विरुद्ध मैत्रीपूर्ण खेलमा सहभागी भएका थिए । त्यहाँबाट टोली नेपाल फर्केपछि नितिन प्रशिक्षणमा सहभागी भएनन । सोहि खेलमा सहभागी रेजिन सुब्बा, राजिव लोप्चन र विकास खवास भने प्रशिक्षणमा फर्किए ।
नितिनसँगै यू१९ टोलीका नियमित सदस्य ब्रिजेश चौधरी, शिशिर लेखी र गोलरक्षक सूर्य अधिकारी अन्तिम टोलीमा परेनन । लामो समय चोटग्रस्त बन्दै फुटबलबाट टाढिएका त्रिभुवन आर्मीका मिडफिल्डर दिनेश हेन्जन टोलीमा परेका छन् । नेपाल रहेको एएफसी यू–१९ च्याम्पियनसिपको छनोटको समूह ‘डी’ मा आयोजक इरान, यूएई र किर्गिस्तान रहेको छ । नेपालले नोभेम्बर ६ मा यूएई, नोभेम्बर ८ मा इरान र नोभेम्बर १० मा किर्गिस्तान रहेको छ ।
नेपाली टोली
गोलकीपर स् बिशाल सुनार, रोहित कार्की र पुजन होना
डिफेन्डर स् विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ र निराजन महर्जन
मिडफिल्डर स् दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गरुङ, मनिष थापा, अनिल महर्जन र दिनेश हेन्जन
फरर्वाड स् मनिष डाँगी, राजिव लोप्चन, रेजिन सुब्बा र दिपेश आले मगर

Leave a Reply

Your email address will not be published.