झापाका धुलौटे सडक कालोपत्रे हुँदै

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ समाचार


फिक्कल: झापा गाउँपालिकामा एक पछि अर्को गर्दै धुलौटे सडक कालोपत्रे हुँदै गएका छन् । गाउँपालिकाले सडक कालोपत्रे गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि धुलौटे सडक कालोपत्रे हुँदै गएका हुन् । प्रत्येक वडामा एउटा सडक अनिवार्य कालोपत्रे गर्ने अभियान अन्तगत झापा गाउपालिका वडा नम्बर ६ शरणामती बजारसंग जोडिएको अमरपथ मार्गलाई मदारगाछीस्थित दयालधामको लक्ष्मी मार्ग संग जोड्ने बाटोको कालोपत्र निर्माण कार्य सम्पन्न भएको छ

गाउँपालिका अध्यक्ष जयनारायण शाहका अनुसार झापा गाउँपालिका वडा नम्बर ६ शरणामती र वडा नम्बर ७ मदारगाछीका स्थानीय जनताहरुले धेरै पहिलादेखि दैनिक रुपमा गरिने आवत जावतमा स९साना खोलाहरुका कारणले र बाटोको अव्यवस्थित ब्यव्स्थापनका कारणले निक्कै समस्याहरु झेल्दै आएकाले सडक कालोपत्रे गरिएको बताएका छन् ।

सडक कालोपत्रे भएसंगै स्वास्थ्य, शिक्षा र दैनिक रुपमा आईपर्ने काम ईत्यादिमा अनेकौं समस्याहरु झेल्दै आएका स्थानियलाई राहत हुने अध्यक्ष शाहको भनाई छ ।

२ करोड २२ लाख को लागतमा बनिएको उक्त २ हजार ९ सय ९४ मिटर लम्वाइको रहेको छ

Leave a Reply

Your email address will not be published.