इलामका चिया मजदुर आन्दोलित

Mukya Samachar प्रदेश नं. १ बिजनेस समाचार

गोपाल गिरी,कन्याम:
नेपाल चिया बिकास निगम अन्तर्गतका तथा निजी बगानका चिया मजदुरहरुले विभिन्न माग राख्दै आईतबारबाट आन्दोलनमा उत्रिएका छन ।गत साउन १ गते देखि लागु हुने गरी तोकिएको न्यूनतम ज्याला ३ सय ८५ रुपैयाँ र तथा कारखानामा काम गर्ने श्रमिकलाई ४ सय २७ रुपैयाँ राज्यले तोके पनि अहिले सम्म कार्यान्वयन नभएको,नयाँ श्रमऐन लागु गर्नु पर्ने ,सामाजिक सुरक्षा योजना लागु गर्नु पर्ने माग राख्दै मजदुरले आन्दोलन थालेका हुन ।

उनीहरुले श्रम मन्त्रालयका सचिवको संयोजकत्वमा चिया क्षेत्रमा देखिएका समस्याको अध्ययन तथा सुझाव समेतको प्रतिबेदन नेपाल सरकारलाई बुझाईए पश्चात् चैत १५ गते देखि लागु हुने गरी ३० र बढाईएको त्यसमा असहमति जनाउँदै आन्दोलनमा उत्रिएको अखिल नेपाल चिया मजदुर संघका केन्द्रीय सदस्य तथा कन्याम चिया बगान स्थित ईकाई अध्यक्ष बिष्णु भट्टराईले जानकारी दिनु भयो ।

चिया मजदुर हरु आबद्ध विभिन्न तीन संगठन का अध्यक्ष हरु द्वारा हस्ताक्षरित संयुक्त बिज्ञप्तिमा उल्लेख भए अनुसार आईतबार चिया प्रतिष्ठानहरुमा बिरोध प्रदशन, १८ गते सोमबार देखि २० गतेसम्म औजार सहित बिरोध प्रर्दशनका कार्यक्रम तथा २१गते झापाको काकडभिट्टामा बिरोध प्रर्दशन सहितको कार्यक्रम रहेको मजदुर प्रतिनिधि रमेश खड्काले जानकारी दिनु भयो ।

बर्षको अन्तिम महिना चैत चिया क्षेत्रमा आबद्ध किसान मजदुरहरुको लागि आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण र फलदायी समयको सुरुवात तर चिया मजदुरहरुको आफ्नै समस्या र गुनासो छ जुन समय समयमा आन्दोलनको रुपमा प्रकट हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published.