सुनको मूल्य हाल सम्मकै उच्च

बिजनेस

काठमाडौं: छापावाल सुनको मूल्य बिहीबार आज १ हजार रुपैयाँ बढेर ६४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार ६३ हजार रुपैयाँ प्रतितोला खरिद बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको सुनको मूल्य र सरकारले बजेटमा सुनको आयातमा भन्सारको दर बढाएका कारण मुल्यवृद्धि भएको हो। अमेरिका र इरान तथा अमेरिका र चीनबीच देखिएका तनावका कारण लगानीकर्ता सुनमा आकर्षित भएपछि माग बढी हुँदा पनि मूल्य बढेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.