इलामको टप्पुमा देशमै पहिलो ‘रेडपाण्डा प्रजनन केन्द्र’ स्थापना

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन प्रदेश नं. १ बिजनेस


प्रेम अधिकारी, पशुपतिनगर(इलाम):

इलामको सन्दकपुर गाउँपालिकाको टप्पुमा नेपालमै पहिलो पटक बिश्वमै दुर्लभ रेडपाण्डाको ‘प्रजनन केन्द्र’ स्थापना गरिएको छ ।
बिश्वमै लोप हुने अवस्थामा पुगेको रेडपाण्डा (हाब्रे)को संख्या बृद्धि गर्नका लागि सन्दकपुर गाउँपालिकाको समुन्द्र सहतबाट २ हजार ४ सय मिटर अग्लो क्षेत्र टप्पुको ४४ रोपनी जमिनामा रेडपाण्डा प्रजजन केन्द्र स्थापना गरिएको हो । स्थानीय माघ सामुदायीक बन, टप्पु सामुदायीक बन र पाटेनागी सामुदायीक बनको संगम स्थालमा प्रजनन केन्द्र निर्माण भएको छ । प्रजनन केन्द्र पुग्न इलाम सदरमुकाम हुँदै सन्दकपुर गाउँपालिकाको केन्द्र देउराली पुगेर ६ किलोमिटर उकालो शान्त ठाउँ टप्पुमा पुग्नु पर्दछ ।
सन्दकपुरको उच्च क्षेत्र माईपोखरी , सुलुबुङ र माईमझुवाको टप्पुमा रेडपाण्डाको बासस्थान , चरिचरन सहित प्रजजन केन्द्र स्थापना गरिएको छ ।संघीय सरकारको एक करोड रुपैया लागतमा पक्की घेराबार सहित तारजाली लगायए ५ सय ५० मिटर क्षेत्रफलाई प्रजनन केन्द्र बनाईएको छ । सामुदायीक बन क्षेत्रको अन्य जमिनमा रेडपाण्डाको आहार मालिङगो, बाण्डे, भालुचिन्डे लगायतका बृक्षारोपण गरिएको छ । रेडपाण्डालाई लक्षित गरी ठाउँठाउँमा पोखरी निर्माण गरिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिनु भयो । माई स्थान निर्माण सेवाले ७३ लाख ६५ हजार पाँच सय १६ रुपियाँमा ठेक्का सम्झौता गरी काम गरिरहेको छ । जसमा गाउँपालिकाको २० लाख रुपियाँ लागत साझेदारी रहेको छ ।
प्रजनन केन्द्रमा भौतीक संरचना निर्माणको काम भैरहेको छ । रेडपाण्डाका लागि प्राकृतिक बास स्थान सहितका भौतीक संरचना निर्माण गर्ने काम भैरहेको प्रशासकीय अधिकृत राईले जानकारी दिनु भयो । प्रशासकीय अधिकृत राईले भन्नु भयो ‘देशकै नमुना रेडपाण्डा जोन निर्माण गर्ने लक्ष्य हो, हामी रेडपाण्डा अध्ययन केन्द्र बनाउने छौ ।’
उक्त क्षेत्रमा पर्यटकीय पोखरी सहित , पर्यटकक र अध्ययनकर्ताका लागि पदमार्ग निर्माणको काम समेत भैरहेको छ । रेडपाण्डालाई मानबिय आवातजावातले असर नगरोस भनेर पदमार्ग समेत वातावरणमैत्री तरिकाले निर्माण गरिने जनाईएको छ । उक्त क्षेत्रमा शौचालय, बगैचा , पार्क निर्माण संगै बिद्युतीकरणको काम समेत भैरहेको छ । रेडपाण्डा प्रजनन केन्द्र स्थापना भैसके पछि पर्यटकले रेडपाण्डा हेर्न महिनौ सम्म जंगलमा बस्नु नपर्ने बताईएको छ । स्थानीय युवराज पौडेलले बिदेशी पर्यटक रेडपाण्डा हेर्न महिनौ जंगलमा बस्ने गरेको बताउदै त्यस्ता पर्यटकले अव प्रजनन केन्द्रमै रेडपाण्डा हेर्न पाउने बताउनु भयो ।
चालु आर्थिक बर्षमै प्रजनन केन्द्र निर्माणको काम सकेर उक्त प्रजनन केन्द्रमा दुई जोडी रेडपाण्डा प्रजननका लागि छोडिने छ । १४ बर्ष आयु रहेको रेडपाण्डाले बर्षमा एक पटक प्रजजन गर्ने गरेको छ । १८ महिनाको भए पछि एक पटकमा रेड पाण्डाले दुई वटा बच्चा प्रजनन गर्ने गरेको छ । जुन, जुलाई र अगष्ट महिना रेडपाण्डाको प्रजनन समय हो ।
सन्दकपुर गाउँपालिकाको टप्पु, छिन्छापु, गोरुवाले , कालपोखरी , दोबाटे हागेथाम चोयाटार लगायतका स्थानमा लजालु प्रजातीको जन्तु रेडपाण्डा पाईन्छ । यी क्षेत्रमा गाउँपालिका र रेडपाण्डा नेटवर्क नेपाले टयापीक क्यामेरा जडान गरेर रेडपाण्डाको कलरीङ गरेको थियो । गणनाका क्रमममा इलाममा २ सय देखि २ सय ५० को हाराहारीमा रेडपाण्डा रहेको देखाएको छ । नेपालमै रेडपाण्डा पाउने पहिलो स्थानमा इलाम रहेको छ । गाउँपालिकाले रेडपाण्डा संरक्षणका लागि जनचेतना मुलक कार्यक्रम समेत गर्दै आएको गाउँपालिका अध्यक्ष उदय बहादुर राईले बताउनु भयो । ‘रेडपाण्डा संरणका लागि बन जैगल लगाउने र भएकोलाई जोगाउने काम भैरहेको छ ‘गाउँपालिका अध्यक्ष राईले भन्नु भयो ।’
गाउँपालिकाले टप्पु, छिन्छापु, गोरुवाले , कालपोखरी , दोबाटे जौबारी, हागेथाम चोयाटार ढापपोखरी पर्यटकीय ट्रेकीङ ट्रेल निर्माण समेत गर्ने भएको छ । पर्यटकलाई लक्षित गरी ती क्षेत्रमा ट्रेकीङ ट्रेल निर्माण गर्न लागिएको प्रशासकीय अधिकृत राईले जानकारी दिनु भयो । भारतको सिंहलिला नेशनल पार्क नजिक रहेका कारण उक्त क्षेत्रबाट यहाँका जंगलमा रेडपाण्डा सहित बिभिन्न प्रजातीका अनावर आउजाउ गर्ने गरेका छन । चोरी तस्करी बढ्न थाले पछि स्थानीयको सक्रियतामा रेडपाण्डा संरक्षणका काम समेत हुँदै आएका छन् ।
सामुदायीक विद्यालयमा रेडपाण्डा पढाई
विश्वमै लोपोन्मुख रहेको रेडपाण्डा (हाब्रे) संरक्षणका लागि सामुदायीक विद्यालयमा पढाई हुँदै आएको छ । उत्तरी इलामको रेडपाण्डा पाइने क्षेत्रमा रहेका सामुदायीक विद्यालयमा रेडपाण्डा संरक्षण सम्बन्धी पढाइ गत बर्षबाट शुरु भएको हो ।

इलामका ६ वटा विद्यालयका कक्षा ६ र ७ मा ऐच्छिक रुपमा वातावरण संरक्षण शिक्षा पढाई हुँदै आएको छ । रेडपाण्डा नेटवर्क नेपालले इलाम सहित पाँचथर र ताप्लेजुङ जिल्लाका उच्च क्षेत्रमा पाठ्यक्रम तयार गरी पठन–पाठन गराईरहेको छ ।
गोरखापत्र अनलाईनबाट




Leave a Reply

Your email address will not be published.