सूर्योदयमा रेमी परियोजनाको अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्पन्न

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ प्रमोसन समाचार समाज स्वास्थ्य/शिक्षा

फिक्कल: सूर्योदय नगरपालिकामा रेमी परियोजनाको अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । बैदेशीक रोजगारीबाट फर्कीएका ब्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले जनप्रतिनिधि , वडा सचिव सहित सरोकारवाला संग अर्ध बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्बन्धी छलफल गरेको हो ।
नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा नगरका १४ वटै वडामा आप्रवासी कामदार संजालको पुर्नःगठन गरी सकिएको जानकारी गराइएको थियो । रेमीले बिदेशबाट फर्कीएकालाई समाज र परिवारमा पुर्न मिलनको काम समेत गर्दे आएको छ । नगरमा आप्रवासी बहुउद्देश्य सहकारी संस्था समेत संचालन गरी बिदेशबाट फर्कीएका नागरिकलाई समाजमा जोड्ने काम भैरहेको रेमी परियोजना संयोजक इश्वरी तामाङले जानकारी दिनु भयो ।
कार्यक्रममा नगरका रोजगार संयोजक बिष्णु रिजालले अर्धबार्षिक प्रगतिको समिक्षा प्रस्तुत गर्नु भएको थियो । उहाले बिभिन्न क्षेत्रमा रेमीले कार्यक्रम संचालन गरीरहेको जानकारी दिनु भयो । कार्यक्रममा रेमी परियोजनाका परिवार मिलन परामर्शकर्ता रश्मी राईले आगामी बजेट तथा कार्यक्रम बारे प्रस्तुती गर्नु भएको थियो ।
कार्यक्रम संयोजक इश्वरी तामाङले सहजीकरण गर्नु भएको कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले रेमीले बिदेशबाट फर्कीएकालाई उत्पादनमा जोड्ने गरीका कार्यक्रम तय गर्नु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष देवेन्द्र शर्माले सफ्टवेयरमा धेरै कार्यक्रम देखिएकाले रेमीका कार्यक्रम सुधार गर्नु पर्ने बताउनु भयो । उहाले बिदेशबाट आएका नेपाली वडा नबस्ने गरेकाले वडामै उद्यम ब्यवसाय गरी टिक्न सक्ने गरीका कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका सूर्योदय नगर अध्यक्ष कृष्ण अधिकारीले यस्ता परियोजनाले बिदेशबाट फर्कीएकालाई मात्र नभई ब्यक्ति बिदेश रहदा परिवारका सदस्यलाई राहात पुग्ने कार्यक्रम तय गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष लोकबहादुर प्रधान, वडा नं ५ का वडाध्यक्ष उर्गेन बम्जन, माईतीनेपाल पशुपतिनगरका संयोजक होम ढकाल , नगरका प्रवक्ता ख्याम भुजेल लगायतले आफनो धारणा राख्नु भएको थियो ।
रेमीले चालु आर्थिक बर्षमा सूर्योदयमा ४९ लाख बजेटको रहेकोमा ४९ प्रतिशत सम्पन्न गरेको छ । रेमीले यहि फागुन अन्तिम र चैत्रको पहिलो सातामा दुई वटा वडाका २५÷२५ जनालाई उद्यमशिलता, शिप बिकास , ब्यवसाय शुरु तथा प्रविधि सहयोग कार्यक्रम गर्ने संयोजक तामाङले जानकारी दिनु भयो । उक्त कार्यक्रमका लागि नगरपालिकाले परियोजना मार्फत ९ लाख ८० बजेटको ब्यवस्था गरेको छ । रेमीले आगामी बर्षका लागि सूर्योदयमा एक करोडको बजेट प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published.