हिलिहाङमा हत्या गरिएकी माइजोगमाईकी सुजताको परिवारलाई नौ लाख रुपैँया हस्तान्तरण

Special News Trending बिजनेस

पाँचथर : पाँचथरको हिलिहाङमा हत्या भएकी माइक्रोफाइनान्सकी कर्मचारी सुजताका परिवारलाई संस्थाले राहात वितरण गरेको छ । सोमबार एक कार्यक्रमका वीच एनएमवि लघुवित्त वित्तीय संस्थाका तर्फवाट ९ लाख २५ हजार ४ सय १६ रुपैया मध्ये रु १ लाख दाहासंस्कारकै क्रममा हस्तान्तरण गरिएको हो ।

५ लाख पचास हजार रुपैँया संस्थाको तर्फवाट र संस्थामा कार्यरत कर्मचारीको तर्फवाट रु २ लाख ७५ हजार ४ सय १६ को चेक संस्थाका सहायक महाप्रवन्धक रामप्रसाद मिश्रले मृतक सुजाता तामाङको बुवा बुद्धवीर तामालाई हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा हिलिहाङ गाउँपालिकाको तर्फवाट रु ५० हजार, हिलिहाङ गाउँपालिकामा अवस्थित बैंक तथा वित्तीय संस्थाका तर्फवाट रु १२ हजार, स्थानीय बुद्धिजीवि तथा एनएमवि लघुवित्त वित्तीय संस्थावाट निर्माण गरिएको समूहवाट रु ३६ हजार गरि कुल रकम १० लाख २३ हजार ४ सय १६ रुपैया मृतक सुजाता तामाङको परिवारलाई हस्तारन्तरण भएको थियो ।

पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिको गोपेटारमा अवस्थित शेर्पा भवनमा स्वर्गिय सुजाता तामाङको घरपरिवारलाई एनएमवि लघुवित्त वित्तीय संस्थाका तर्फवाट समवेदना तथा राहत वितरण कार्यक्रम भएको हो ।

उक्त कार्यक्रमको हिलिहाङ गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनको प्रमुख आतिथ्यता, एनएमवि लघुवित्त वित्तीय संस्थाका सहायक महाप्रवन्धक रामप्रसाद मिश्र विशेष आतिथ्यता तथा गोपेटार शाखाकी सहायक प्रबन्धक ममता सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

इलाम माइजोगमाई घर भएकी तामाङको हिलिहाङ ६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालन सँगै व्याज र किस्ता संकलन गरेर फर्कदै गर्दा असार ३ गते हिलिहाङ ६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।फिदिम टुडेबाट

Leave a Reply

Your email address will not be published.